सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बुर्तिवाङमा वर्षभित्रै राष्ट्रिय बिजुली बल्ने

बुर्तिवाङमा वर्षभित्रै राष्ट्रिय बिजुली बल्ने

झोलामा खोला खोज्ने भन्छन नगर प्रमुख नेपाली


  • ढोरपाटन संवाददाता
  • साउन ११ २०७७, आइतबार

बागलुङ, ११ साउन– सदरमुकामपछिको दोश्रो ठूलो बजार भएपनि ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा राष्ट्रिय प्रसारणको बिजुली छैन । अघिल्लो वर्ष बिजुली बाल्ने योजना असफल भयो । चालु वर्ष भने यो बजारमा बिजुली बाल्ने तयारी छ ।
सदरमुकामदेखि लामो दुरीमा विद्युत चुहावट बढी हुने भएपछि गतवर्ष हरिचौरमा बनाइएको सव–स्टेशनबाट विद्युत बिस्तार गर्ने योजनाअनुसार पोल गाड्ने र तार तान्ने काम भैरहेको थियो । तर बडिगाडको तुरतुरे पहिरोसहितका अन्य अवरोधले पोल र तार पु¥याउनसमेत ढिलाई भएको हो ।
नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले चालु वर्ष बुर्तिवाङमा विद्युत पु¥याउने बताए । ‘अब बुर्तिवाङ बजारमा मीटर जडानको काम थालिन्छ, यो वर्षनै सबै घरमा राष्ट्रिय प्रसारणको बिजुली बल्छ’ गोशलीले भने, ‘सामान्य बिजुली मात्रै बालेका उपभोक्ताले अब उद्योग स्थापना गरेर संचालन गर्न सक्छन् ।’
बुर्तिवाङ बजारमा लघुविद्युतबाट उत्पादित बिजुलीले उज्यालो बनाउने काम मात्रै भएको छ । ठूलो लगानीका उद्योग खोल्न चाहेकाहरुले पनि विद्युत अभावमा अलपत्रै छाड्न बाध्य थिए ।
बुर्तिवाङसम्म हरिचौरबाट गएको सव–स्टेशनले पनि लामो खण्ड पर्ने भन्दै प्राधिकरणले वडा नं. १ नजिकै सव–स्टेशन बनाउने तयारी गरेको थियो । तर, हिउँदमा उक्त स्थानसम्म सामान ढुवानी गर्न जथाभावी डोजर लगाएपछि अहिले झण्डै १ सय ५० मीटर माथिदेखि पहिरो खसेको छ । पहिरोले मध्यपहाडी लोकमार्ग पटक पटक अबरुद्ध भैरहेको छ ।
उक्त खण्डमा तत्काल मर्मत गरेर सडक र घरहरु जोगाउनुपर्ने अवस्था भएको ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले बताए । उक्त सव–स्टेशन बनाउने काम बागलुङ बितरण केन्द्रमार्फत नभएकोले कहिले बन्छ भन्ने यकिन नभएको गोशलीले बताए । बरु केन्द्रको अगुवाईमा बडिगाड गाउँपालिका वडा नं. २ को खरबाङ बजारमा सव–स्टेशन बन्ने बताए । उक्त सव–स्टेशन भने एक वर्षभित्रै बनाएर उपयोगमा ल्याउने उनले योजना सुनाए ।
बागलुङको ताराखोला, तमानखोला, निसीखोला गाउँपालिकामा पनि अझै राष्ट्रिय प्रसारणको विद्युत पुगेको छैन । बडिगाडमा तार टाँगिए पनि स्थानीय विद्युतकै भरमा चलेको छ । अब सबै पालिकाम राष्ट्रिय प्रसारणको बिजुली लगेर स्थानीयलाई व्यवसाय र उद्योग चलाउन सक्ने वातावरण बनाइदिने उनले बताए ।
हाल उत्पादनमा रहेका साना लघुविद्युत आयोजनालाई एकीकृत गरेर राष्ट्रिय प्रसारणमा जोड्ेने अभियानमा पनि सघाउने उनले बताए । ‘स्थानीयले व्यक्तिगत लगानी गरेर बनाएका लघु विद्युत बन्द गरौं, भत्काऔं भन्नुभन्दा राष्ट्रिय प्रसारणमै जोडिने व्यवस्थाका लागि पनि काम गर्दैछौं’ उनले भने, ‘आगामी वर्ष तमानखोला र निसीखोलाका गाउँपालिकासम्म प्रसारणलाई विस्तार गरेर स्थानीयलाई काम गर्ने वातावरण तयार बनाइदिन्छौं ।’
झोलामा खोला खोज्ने भन्छन नगर प्रमुख नेपाली
ढोरपाटन नगरपालिकामा अहिले भुजीखोला र रिठाखोला जलविद्युत आयोजनाको विद्युतले बिजुली बालिएको छ । राष्ट्रिय प्रसारण लाईन नभएकोले उद्योग संचालनमा समस्या परेको छ । ग्रिल, फर्निचर, चाउमिनलगायतका उद्योग संचालन गर्न लागेका र खोलेका व्यवसायीहरु चाहेको बेला काम गर्न पाउ“दैनन् । लोड नपुगेपछि व्यवसाय संचालनमा समस्या परेको व्यवसायी चिन्तामणी शर्माले गुनासो गरे ।
नगरपालिकाभित्रकै निसीखोलाको सेरामा ९ सय ५० किलोवाटको विद्युत निकाल्ने योजना छ । विभागमा पुग्दा दशकअघिनै दर्ता भएर झोलामा रहेको भेटिएको नगर प्रमुख देवकुमार नेपालीले बताए । दर्ता गरेकाहरु को हुन् भन्दै उनले खोजी थालेको बताए । ‘विद्युत आपूर्ति नभएपछि व्यवसायमा लगानी गर्नु बालुवामा पानी हाल्नुजस्तै भएको छ’ शर्माले भने, ‘यो समस्या समाधानका लागि झोलामा खोला राख्नेहरुलाई कारवाही गर्नुपर्छ ।’ नगरपालिकाभित्रका झण्डै २० हजार घरले बिजुली बाल्न नपाएको उनले गुनासो गरे । मुख्य बजारमा पनि सा“झको समयमा लोड नपुगेर बन्द हुने गर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->