बागलुङ, ११ साउन – शनिवार राती ९ बजे बागलुङ नगरपालिका–१ निरयघाट नजिकै गएको भिषण पहिरोमा परि बेपत्ता भएका टिप्पर चालक आइतवार साँझ सम्म समेत फेला परेका छैनन् । आईतवार नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरी सहितको टोलिले दिनभर खोजी गरेको भएपनि उनको बारेमा केही पत्तो नलागेको प्रहरीले जनाएको छ ।
साँझसम्म खोजी गर्दा केही फेला नपरेपछि सोमबार बिहान ६ बजेदेखि पुनः खोजी गर्नेगरी आईतवार खोजी कार्य स्थगित भएको प्रहरीले जनाएको छ ।
सोही घटनाको उद्दारको क्रममा आईतवार ११ बजे ट्रयाक्टर चालक धनबहादुर किसान (रोशन)को शव भेटियो । मृत्यु भएका धनबहादुर किसान बागलुङको मालिका निवासी हुन् । टिपर चालक निर्मल पुन भने नभेटिएको प्रहरी नाउव उपर्रीक्षक राजेन्द्र रेग्मीले बताए । पहिरोले एक टिपर, एक स्काभेटर र एक ट्याक्टर पुरेको थियो । मृत भेटिएका धनबहादुरको आईतवार दाहसंस्कार गरिएको छ ।





