सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अब जिल्लामा होल्डिङ सेन्टर बनाइने

अब जिल्लामा होल्डिङ सेन्टर बनाइने

जिल्ला बिपद् व्यवस्थापन समितिको बैठक


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०७७, सोमबार

बागलुङ, १२ साउन – जिल्ला बिपत व्यवस्थापन समितिको बैठकले कोरोना नियन्त्रण र रोकथामका लागि कडाइ गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको बैठकले अनिवार्य मास्क लगाउनुपर्ने, नलगाएकालाई लगाउन अनुरोध गर्ने र अटेर गरेमा प्रहरी प्रशासनले कारवाहीको प्रकृया अगाडि बढाउने तथा भारत र अन्य क्षेत्रबाट आएकालाई होल्डिङ सेन्टरमा राख्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले बताए ।
जिल्ला सदरमुकाममा होल्डिङ सेन्टर बनाउने बिषयमा भने छलफल गरेर कस्तो प्रकारको गर्ने भन्ने बाँकी रहेको उनले जानकारी दिए । बिदेशबाट आएकालाई कम्तिमा ५ देखि ७ दिन राखेर पिसिआर पछि मात्र घरजाने व्यवस्थापनका लागि होल्डिङ सेन्टर बनाउन लागिएको हो । ‘हरेक दिन एकदुइ जना आउने, गाउँ पठाउने तर संक्रमण देखियो भने फेरी बजार फर्काउनु पर्ने बाध्यता हटाउन यो विधिमा जान निर्णय भएको हो’ ढुंगानाले भने, ‘दोहोरो खर्च र खतरा घटाउन यो काम गरेका हौं ।’ ग्रामीण क्षेत्रमा रहेका क्वारेन्टाइनमा राख्दा पीसीआर गर्नकालागि जानेआउने ढीलाई हुने गरेकोले सबैको माग आएको समेत बताए ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले जिल्लाका अधिकांस पालिका प्रमुखको समेत सहभागिता थियो । बैठकले जिल्लामा बाढी पहिरोबाट पुगेको क्षतिको बिवरण संकलन गर्ने र राहतलाई छिटो छरितो बनाउने समेत निर्णय भएको हो । त्यस्तै यस अघि दैविप्रकोपमा परेकालाई १ लाख रुपैयाँ दिने नीतिबाट २ लाख दिने व्यवस्थाको थालनी पनि भएको उनले बताए । बिस्तापितको हकमा यस अघि १० हजार रुपैयाँ मात्रै दिने व्यवस्थाबाट ४ जनाको परिवार भए १५ हजार र बढी भएमा २० हजार दिने व्यवस्था गरिएको हो । उच्च जोखिममा परेकाहरुको प्राथमिकीकरण गरेर तत्काल सुरक्षित बनाउने काममा पनि सबै पालिका र प्रशासनले पहल गर्ने निर्णय भएको हो ।
बैठकमा कोरोना संक्रमणपछिको जिल्लाको अबस्था र आगामी रणनीतिबारे पनि छलफल भएको थियो । संक्रमण बढ्न नदिनकालागि सर्तक रहन आम नागरिकलाई आब्हान गर्ने समेत उनले जानकारी दिए । लकडाउन अघि पालिकाहरुले ल्याएर राखेकोमा खुकुलो भएपछि खुला रुपमा आउन सक्नेबाट सचेत बन्न पनि सबैले आफ्ना च्यानल प्रयोग गर्ने निर्णय समेत भएको ढुंगानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->