सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बाढी पहिरोमा परी बागलुङमा चार जनाको मृत्यु

बाढी पहिरोमा परी बागलुङमा चार जनाको मृत्यु

बागलुङको निसीखोलामा एक घर र तमान खोलामा एक घर पुरीए


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०७७, मंगलबार

बागलुङ, १३ साउन– बागलुङमा सोमबार राती बाढी र पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका–२ का पान बहादुर बिकको घरमाथीबाट आएको पहिरोले घर पुरीँदा उनका १३ बर्षिया छोरा खिम बहादुर बिक र १२ बर्षिया छोरी रिता बिकको मृत्यु भएको हो । मृतकहरुकी आमा होम कुमारी बिक गम्भिर घाईते भएकि छन् । त्यस्तै निसीखोला गाउँपालिका–१ का कमल परियारको घर पहिरोले पुरेको छ । पहिरोमा परि उनका अन्दाजी ५ बर्षिया छोरा समिर परियारको मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । निसीखोला गाउँपालिकामानै अन्दाजी ६० बर्षिया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ । उनको पहिचान नखुलेको रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->