सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पहिरोले करिडोर र मध्यपहाडी अवरुद्ध

पहिरोले करिडोर र मध्यपहाडी अवरुद्ध


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०७७, मंगलबार
फाईल तस्विर

बागलुङ, १३ साउन– निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लाका सबै स्थानीय तहमा सडक सम्पर्क बिच्छेद भएको छ । राष्ट्रिय गौरवका आयोजना कालिण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्र्तगत दर्जन बढी स्थानमा पहिरो खसेर सडक अबरुद्ध भएको हो ।
सदरमुकाम बागलुङ बजारदेखि पश्चिमका ७ वटा स्थानीय तहलाई सडक सञ्जालमा जोडेको मध्यपहाडी लोकमार्गअन्र्तगत बागलुङ नगरपालिका वडा नं. ३ बोक्सेमा पहिरो खसेको छ । एक साता पहिलेदेखिनै ठुला सावारी साधन अवरुद्ध रहेको ठाउँमा सोमबार राती पहिरो खसेपछि सडक पूर्णरुपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
त्यस्तै लोकमार्गकै काठेखोला गाउँपालिका, गलकोट नगरपालिका र बडिगाड गाउँपालिका खण्डमा पहिरो खसेको ट्राफिक प्रहरी प्रमुख शिव प्रसाद पाठकले जानकारी दिए । पहिरोका कारण सडक अवरुद्ध हुँदा दुध ढुवानी, एम्बुलेन्स, खाद्यान्न लगायतका अत्यावश्यक सेवाका सवारी बढी मर्कामा परेका छन् ।
यस्तै, कालीगण्डकी करिडोरको मालढुंगा–पालुंखोला खण्डको कयौं ठाउँमा पहिरो खसेको छ । वैकल्पिक मार्गसमेत नभएकाले करिडोर बन्द हुँदा जिल्लाको दक्षिण क्षेत्रका दुई स्थानीय तहमा सडक सम्पर्क टुटेको पाठकले बताए । ‘पानी परिरहेकाले पहिरो पन्छाउने काम पनि थालनी भएको छैन’ पाठकले भने ‘बागलुङ पोखरा सडकबाहेक जिल्लाका सबै सडक बन्द भएका छन् ।’
अत्यावश्यक कामका यात्रु बोकेर हिँडेका सवारी सडक अवरुद्ध भएका कारण ठाउँ ठाउँमा रोकिएका छन् । बागलुङ नगरपालिका वडा नं. १० गलुवा र वडा नं. १३ को पाउजामा ठुलो पहिरो खसेका कारण तत्काल पन्छाउन कठिन रहेको उनको भनाई छ । जिल्लाका दशवटै स्थानीय तहका मुकाम जोड्ने स्थानीय सडकमा समेत ठाउँ ठाउँमा पहिरो झरेको छ । स्थानीय सडकहरुमा पहिरो गएका कारण जिल्लाको तमान र निसीखोलामा पहिरोमा पुरीएर घाईते भएकाको उपचार र उद्धारमा समेत कठिनाई भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->