सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बिहुँमा बस्तीनै पहिरोको जोखिममा

बिहुँमा बस्तीनै पहिरोको जोखिममा


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०७७, मंगलबार

बागलुङ, १३ साउन– निरन्तरको वर्षासँगै गाउँमाथिको जमिन फाँटेपछि बागलुङको काठेखोला गाउँपालिकाको एक बस्तीनै पहिरोको जोखिममा परेको छ । काठेखोला गाउँपालिका वडा नं. ५ बिहुँको कर्लिम पहिरोको जोखिममा परेको हो । कर्लिमका पाँच घर र आठ ओटा गोठ पहिरोको जोखिममा परेको स्थानीय मुक्तिराम सुवेदीले जानकारी दिए ।
सुवेदी, जयराम गौतम, नरबहादुर जिसी, टंक जिसी र गंगा जिसीको घरगोठनै पहिरोको जोखिममा परेको छ । त्यस्तै पूर्णभन्द्र सुवेदी, रवी सुवेदी र उमानन्द रिजालको गोठमा क्षति पुगेको छ । ‘एकसय मिटर वरपरबाट फाँटेर गाउँमाथिको जमिन हिँडेको छ’ सुवेदीले भने ‘पानी परिरहेकाले भित्र बस्नु न बाहिर निस्किनु भईयो ।’ वडा कार्यालयमार्फत पहिरोबारे गाउँपालिकालाई जानकारी गराईएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->