बागलुङ, १३ साउन– निसीखोला गाउँपालिका–६ पातिहाल्नेमा मंगलबार बिहान फेलापरेको महिलाको शवको पहिचान भएको छ । घटनास्थलमा पुगेको प्रहरीले खोला किसानारमा बेबारिसे अवस्थामा फेला परेको शव निसीखोला गाउँपालिका–५ बस्ने ६७ बर्षिया जयकला घर्तीको भएको पुष्टि गरेको हो ।
गत साउन ७ गते सामाजिक सुरक्षा भत्ता लिन भन्दै वडा कार्यालय हिँडेकी घर्ति घर फर्केकि थिईनन् । मंगलवार बिहान पातिहाल्नेको रिघा ताल नजिकै रहेको खहरे खोला किनारमा उनको शव देखेका स्थानीयले प्रहरीलाई खवर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले सोधिखोजी गर्दा घर्ति हराईरहेको थाहा पाएपछि शवको शनाखतका लागि परिवारलाई बोलाएको थियो । घर्तिका छोराहरुले आफ्नी आमा रहेको पुष्टि गरेपछि शवको पोष्टमार्टम गरेर परिवारको जिम्मा लगाईएको छ । बर्षातको समयमा खोला बढेको र तर्ने क्रममा भवितव्य भएर उनको मृत्यु भएको हुनसक्ने प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए । लामो समय घर नफर्केकी घर्ति आफन्तकोमा बसेको अनुमानमा परिवारले सोधि खोजी नगरेको बताएका छन् ।





