बागलुङ, १४ साउन– अधिकारकर्मी तथा अधिवक्ता राम शर्मालाई सामाजिक संजालमा लेखेको विषयमा क्रसर व्यवसायीले धम्की दिएको भन्दै उच्च अदालत बार एसोसिएसन बागलुङले बिरोध गरेको छ । शर्माले कालीगण्डकी दोहनको विषयमा केही समयदेखि कलम चलाएका थिए । साथै उनले सामािजक संजालमा पनि लेख्दै आएका छन् । शर्माविरुद्ध भिडियो सार्वजनिक गरी अप्ठ्यारोमा पार्ने, डर धम्की दिनेलगायतको क्रियाकलापबाट बारको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । बारका अध्यक्ष हरिप्रसाद शर्मा र सचिव सरिता केसीले बुधबार विज्ञप्तीमार्फत घटनाको विरोध गरेका हुन् । साथै उनीविरुद्धको धम्की तथा कानून व्यवसायीविरुद्धको अपमान कसैलाई पनि सह्य नभएको पनि उल्लेख गरिएको छ ।





