बागलुङ, १४ साउन– बागलुङको गलकोट नगरपालिका वडा नं. ३ मा बुधबार मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् । दुर्घटनामा परी गलकोट नगरपालिका वडा नं. ६ का २२ वर्षीय अर्जुन नेपाली गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गलकोट हटियादेखि नरेठाँटी जाने क्रममा बुधबार दिउँसो प्रहरी चौकी हटियानजिकै ध१प ७७२९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
घाइते नेपालीको दायाँ÷बायाँ दुवै खुट्टा र टाउकोमा गम्भिर चोट लागेको छ । नेपालीको दायाँ खुट्टा भाँचिएको र टाउकोमा गम्भिर चोट लागेकाले इर्मेरजेन्सी पोलिक्लिनिक प्रा.लि हटियामा सामान्य उपचारपश्चात पोखरा रिफर गरिएको प्रहरी चौकी हटियाले जनाएको छ । मोटरसाइकल तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।





