बागलुङ, १४ साउन– कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम गर्दै बागलुङमा मास्क वितरण गरिएको छ । उद्योग बाणिज्य संघ बागलुङले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै मास्क वितरण गरेको हो । कोरोना समुदाय स्तरमा फैलिएको भन्दै अनिवार्य रूपमा मास्क नलगाउने लाई कार्वाही गर्ने निर्देशन सरकारले दिएपछि उद्योग बाणिज्य संघले जनचेतना मुलक अभियान थालेको जनाएको छ । संघले सामाजिक उत्तरदायित्व समेत भएको भन्दै बागलुङ सदरमुकाममा कामको शिलशिलामा आएका नागरिक लाई मास्क बितरण गरेको हो । शनिवारदेखि अनिवार्य रूपमा मास्क लगाएर हिड्न नागरिकलाइ अनुरोध गरेको बागलुङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए ।





