बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा खानेपानीको हाहाकार

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा खानेपानीको हाहाकार

मुहानसँगै पानी वितरण गरिने मुख्य ट्यांकी, पाइप बगाउँदा विस्थापितलाई पिउने पानीको समस्या भएको छ


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०७७, शनिबार

म्याग्दी, १७ साउन– पश्चिम म्याग्दीको बाढी पहिरो प्रभावित क्षेत्रमा विगत २० दिनदेखि खानेपानीको हाहाकार भएको छ ।
धवलागिरी गाउँपालिका–६ मराङ, मालिका गाउँपालिका ७ विम र बेनी नगरपालिका २ बगरफाँटमा पहिरोले खानेपानीको मुहान पुरिदिएपछि खानेपानीको चरम समस्या देखिएको हो । गत असार २६ गते बिहान आएको पहिरोले गाउँ नजिकै रहेको मुहानसँगै पानी वितरण गरिने मुख्य ट्यांकी, पाइप बगाउँदा विस्थापितलाई पिउने पानीको समस्या भएको छ ।
पहिरोले खानेपानीको पाइप क्षतिग्रस्त भएपछि तत्काल पाइपको अभाव र मुहानसमेत पहिरोले पुरेको शुद्ध पिउने पानीको अभाव भएको पहिरो पीडितको भनाई छ । आकाशे पानी संकलन गरी पिउन बाध्य छन् ।
पहिरोले पानीको मुहान बगाएकाले खानेपानीको समस्या भएपछि सबैले घरबाहिर आकाशे पानीका लागि गाग्री थाप्नु परेको छ । पहिरोले बस्ती नजिकै रहेका पानीको मुहान, पाईपमा क्षति पुगेको अवस्थामा तत्काल नयाँ योजनासहित मर्मत गर्न समय वडा सदस्य तिलकुमारी केसीले बताइन् ।
यता, मालिका गाउँपालिका–७ बिममा समेत पहिरोले २ करोडभन्दा बढी लागतको बिम लिफ्ट खानेपानी आयोजना बगाएपछि खानेपानीको समस्या सिर्जना भएको छ । बिम गाउँको फेदीमा रहेको बिबोटखोला र जुगेखोला मुहानको पानी २४० मिटरमाथि रहेको रिजर्भ टंकीमा पु¥याएर करिब १ सय ५० घरधुरीलाई वितरण भइरहेको खानेपानी गएको असार २५ गतेको पहिरोले बगाएपछि खोल्साखोल्सीको पानी पिउन बाध्य छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->