शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अस्पतालको भवन बनाउन आएका मजदुरमा संक्रमण

अस्पतालको भवन बनाउन आएका मजदुरमा संक्रमण

सम्पर्कमा आएकाहरुलाई पनि क्वारेन्टाईन लैजाने तयारी


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०७७, आइतबार

बागलुङ, १८ साउन– धौलागिरी अस्पतालको भवन निर्माणको कामका लागि शिराहाबाट आएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन १३ गते बागलुङ आएका २५ बर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धौलागिरी अस्पतालले जनाएको छ । बाहिरी जिल्लाबाट आएका उनिसहित १७ जना मजदुरहरुलाई अस्पतालको ‘सि’ व्लकमा अलग्गै राखेर कोरोना जाँचको लागि स्वाव पठाईएको थियो । अन्य १६ जनाको भने रिपोट नेगेटिभ आएको अस्पताल स्रोतले बतायो । लकडाउन खुलेपछि अस्पतालको ‘सि’ व्लक भवन निर्माणका लागि उनिहरु शिराहाबाट आएका थिए । संक्रमितसँगै बसेका अन्य १६ जनाको रिपोट नेगेटिभ आएको भएपनि उनिहरुलाई क्वारेन्टाइनमा राख्ने तयारी भैरहेको छ । पाँच दिन सम्म संक्रमित सँग सँगै रहेकाले उनिहरुलाई क्वारेन्टाईनमा राखेर पुन परीक्षणको लागि स्वाव संकलन गर्ने तयारी भैरहेको जिल्ला कमाण्ड पोष्टका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । ‘दिउँसो बैठक बसेर उनिहरुलाई राख्ने क्वारेन्टाइनको बिषयमा टुंगो लगाउँछौं’ न्यौपानेले भने ‘अस्पतालका पदाधिकारीसँग छलफल हुँदै छ ।’ संक्रमण पुष्टि भएका युवालाई भने अस्पतालको आईसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->