पोखरा, २० साउन – गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारसम्ममा गण्डकीमा १ हजार ५३५ जना कोरोना संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भएको छ । जसमध्ये १३५१ जना पुरुष र १८४ जना महिला रहेका छन् । गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी कोरोना संक्रमण नवलपुरमा देखिएको छ । हालसम्म नवलपुरमा ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये ३०१ जना निको भएर फर्किसकेका छन भने २३ जना आइसोलेसनमा रहेका छन् ।
त्यस्तै नवलपुरपछि सबैभन्दा बढी संक्रमण स्याङ्जामा देखिएको छ । स्याङ्जामा हालसम्म २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १९४ जना निको भएर घर फर्किएका छन भने ७६ जना आइसोलेसनमा रहेका छन् ।
बागलुङमा भने कोरोना संक्रमितको संख्या २४६ पुगेको छ । बागल्ुङमा हाल सम्म २३३ जना निको भइसकेका छन् । १२ जना आइसोलेसनमा रहेका छन् । तनँहुमा १८३ संक्रमित मध्ये १६६ जना निको भइसकेका छन् । १७ जना आइसोलेसनमा रहेका छन् । गोर्खाका १०६ जनामध्ये १०३ जना निको भइसकेका छन् भने २ जना आइसोलेसनमा रहेका छन् ।
पर्वतका ९९ जना संक्रमितमध्ये ९७ जना निको भइसकेका छन । २ जना आइसोलेसनमा रहेका छन । कास्कीमा हालसम्म १४५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ३ जना स्थानीयसमेत रहेका छन् । कास्कीमा ११५ जना निको भएर घर फर्किएका छन भने ३० जना आइसोलेसनमा रहेका छन् ।
म्याग्दीका ४७ जनामध्ये ४१ जना निको भएका छन् भने ६ जना आइसोलेसनमा रहेका छन । लमजुङम संक्रमितको संख्या १११ पुगेको छ । तीमध्ये ९६ जना निको भएका छन् भने १५ जना आइसोलेसनमा रहेका छन । मनाङ र मुस्ताङमा हालसम्म १–१ जनामा संक्रमण देखिए पनि निको भएर घर फर्किसकेका छन् ।
गण्डकी प्रदेशमा स्वास्थ्य निर्देशनालयले सोमबार दिएको तथ्याङ्क अनुसार २५ हजार २८४ जनाको पिसीआर परिक्षण भएको छ । तीमध्ये १ हजार ५३५ जनको पोजेटिभ तथा २३ हजार ७४९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।




