पोखरा, २० साउन – गैरआवासीय नेपाल संघ युकेले गण्डकी प्रदेश सरकारलाई २ वटा अक्सिजन मेसिन(कन्सन्ट्रेट) सहयोग हस्तान्तरण गरेको छ । एनआरएन युकेको पुर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार मेजर डमर घलेको अगुवाईमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई अक्सिजन मेसिन हस्तान्तरण गरिएको हो । अक्सिजन मेसिनको मूल्य १ लाख ६८ हजार रुपैयाँ रहेको छ ।
सहयोग ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले संकटको बेलामा मात्र होइन विगतदेखि नै मातृभुमिको लागि धेरै सहयोग गरेको भन्दै एनआरएन युकेको प्रसंशा गर्दै सहयोगका लागि अध्यक्ष पुनम गुरुङ लगायत टिमलाई धन्यवाद व्यक्त गरे ।





