आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

वृद्धवृद्धालाई वडाले दियो फाईवर सिरक

वृद्धवृद्धालाई वडाले दियो फाईवर सिरक

सामाजिक उत्तर दायित्व बहन गर्दै भीमापोखरा


  • ढोरपाटन संवाददाता
  • साउन २० २०७७, मंगलबार

बागलुङ, २० साउन– चिसो मौसममा पिँडीको डिलमा बसेका वृद्धवृद्धा सधैं मैलो र पुरानो सिरक ओडेर बसेका हुन्थे । जनप्रतिनिधिको हैसियतमा गाउँ डुल्दा काठेखोला गाउँपालिका–२ भीमापोखराका अध्यक्ष विद्यापति शर्माले बृद्धहरुको समस्या चिसो देखे । गत आर्थिक वर्षकै योजना थियो ।
वृद्धवृद्धाको सिरक फेर्ने । कोरोना भाईरसका कारण गत आर्थिक वर्षमा ठुलो भीड गरेर वृद्धवृद्धा जम्मा गरेर सिरक दिन सकिएन । ‘गाउँमा पुगेर मैले सोध्ने बेला पनि उहाँहरुको माग थियो, चिसो छेकियोस्’ शर्मा भन्छन् ‘व्लाङ्केट दिने योजना थियो तर सिरक नै दिईयो ।’
मंगलबार गत आर्थिक वर्षमा बनाएको योजना शर्माले कार्यान्वयन गरे । प्रतिनिधि सभाका सदस्य समेतलाई उपस्थित गराएर शर्माले २ सय ४० जना वृद्धवृद्धाहरुलाई सिरक बाँडे । गत वर्षको कार्यक्रम थियो ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, दायित्व सरेर चालु आ.व.मा आयो । यो कार्यक्रम भिमापोखराको मात्रै हो ।
‘यसपाली सबै जेष्ठ नागरिकका घरमा सिरक पुग्यो’ शर्माले भने ‘चिसो काट्न अब सहज हुन्छ, डसना र सिरानी किन्दिन परिवारलाई दवाव हुन्छ ।’ मंगलबार वडाका २ सय ४० जना बृद्ध बृद्धालाई फाईवर सिरक बाँड्दै प्रतिनिधिसभा सदस्य डा. पाठकले भने ‘विषम परिस्थिती छ । जेष्ठ नागरिक जोगाउनु हाम्रो दायित्व हो ।’ उनले कोरोना महामारीका कारण जेष्ठ नागरिक बढी प्रभावित हुने गरेको भन्दै बालबालिका र जेष्ठ नागरिकको रक्षा राज्यको दायित्व भएको बताए ।
भिमापोखाराले नागरिकका हरेक जनजिवीकासँग सम्वन्धित काम गर्दै आएको छ । कार्यक्रममा गाउँ पालिकाका अध्यक्ष अमर थापाले नागरिकका हरेक समस्या समाधान गर्नु आफ्नो दायित्व भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->