आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नेटवर्किङ र धर्म प्रचार गरेको आरोप पक्राउ परेकालाई मुद्दा नचलाई छाडियो

नेटवर्किङ र धर्म प्रचार गरेको आरोप पक्राउ परेकालाई मुद्दा नचलाई छाडियो


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०७७, बुधबार

बागलुङ, २१ साउन– पक्राउ परेको एक महिनापछि उजुरी नआएको भन्दै प्रहरीले एक युवालाई छाडेको छ । नेटवर्किङ व्यवसाय र धर्म प्रचार गरेको आरोपमा पक्राउ परेका काठमाण्डौको कोटेश्वर घर भई बुर्तिवाङस्थित एक मेडिकलमा काम गर्दै आएका डा. बालकुमार सुब्बालाई प्रहरीले मुद्दा नचलाई छाडेको हो ।
गैरकानूनी नेटवर्किङ व्यवसाय ‘क्राउड वान’को संजाल विस्तार गरेर ढोरपाटन नगरपालिकाका दर्जन युवालाई ठग्ने काम गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो । हिरासतमा राखेको लामो समयसम्म जाहेरी दिने कोही नआएपछि छाडिएको जिल्ला प्रहरीका नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए ।
‘जाहेरी नपरेपछि हामीले मुद्दा चलाउन सकेनौं, अनुसन्धानको काम भने गरिरहन्छौं’ उनले भने, ‘ठगिएका मानिसले जाहेरी दिन सक्छन् ।’ मौखिक उजुरीको आधारमा पक्राउ गरेपनि ठगिएका वा धर्म प्रचारमा असर परेका व्यक्ति उजुरी दिन नआएको रेग्मीको भनाई छ ।
असार १७ गते बुर्तिवाङबाट सुब्बालाई प्रहरीले पक्राउ गरेको थियो । हिरासतमा रहेका सुब्बालाई मंगलबार दिउँसो छाडिएको हो । सुब्बाले बडिगाड गाउ“पालिकामा पनि ९ जनालाई आइडि बनाएर प्रतिव्यक्ति १३ हजार ५ सय रुपैया“ असुल गरेको भेटिएको थियो ।
आइडि खोलेको १४ दिनभित्र थप चार सदस्य बनाएमा खातामा १७ हजार रकम आउने भन्दै युवालाई समूह बनाएको थाहा पाएपछि पक्राउ गरिएको थियो । पक्राउ परेर छाडिएका ती युवा ७ वर्षअघिदेखि गुल्मीको वामी टक्सारहुँदै भिमगिठे र बुर्तिवाङमा पुगेर मेडिकलमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->