बागलुङ, २१ साउन– गण्डकी प्रदेशमा शुत्रबार १२ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र क्षयरोग उपचार केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो । कास्किका १० जना र बागलुङका २ जनामा संक्रमण देखिएको हो । नयाँ पुष्टि भएका १० जना पोखरा महानगरपालिकाका पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै बागलुङको गलकोट नगरपालिकाका पुरुष र जैमिनी नगरपालिकाकी एक महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ५५ पुगेको छ । कूल संक्रमितमध्ये १३ सय ५४ जना उपचारपछि संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।





