शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरा नदीपुर विटका प्रहरीमा कोरोना पुष्टि, विट सिल गरियो

पोखरा नदीपुर विटका प्रहरीमा कोरोना पुष्टि, विट सिल गरियो

सम्पर्कमा रहेका १ सय ११ जना प्रहरीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइयो ।


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०७७, बुधबार

पोखरा, २१ साउन – पोखराको नदीपुर बिटमा कार्यरत एकजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउने लगायतका लक्षण देखिएर अस्पताल भर्ना भएका ती प्रहरीमा बुधवार कोरोना संक्रमण पुष्टि भएको हो ।
ड्युडीमा खटिएका बेला ज्वरो आएपछि उनी पोखराकै फिस्टेल अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएको ३ दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको हो । ज्वरो आएर अस्पताल भर्ना हुँदासमेत उनले कसैलाई खबर नगरेको र ज्वरो आएकै समयमा उनी आफन्त घरमासमेत गएको खुलेको छ ।
साउन १८ गते अस्पताल भर्ना भएका ती ३८ वर्षीय प्रहरीको १९ गते कोरोना भाइरस संक्रमण आशंकामा स्वाब परीक्षणका लागि दिएका थिए । बुधबार पोखरा स्वास्थ्य विज्ञानमा गरिएको परीक्षणमा उनमा कोरोना भाइरस पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
‘नदीपुर बिटमा जम्मा ३ जना कर्मचारी छन् । त्यो बिट एकदमै व्यस्त हुने बिट हो,’ डिएसपी हमालले भने, ‘कोरोना पुष्टि भएका प्रहरी पनि धेरै समय फिल्डमै खटिनेमा पर्छन् ।’ बिट अहिले सिल गरिएको उनले बताए ।
उनको बाह्य ‘ट्राभल हिस्ट्री नभएका कारण बिटमै कार्यरत रहेका ३ जना सुरक्षाकर्मीलाई पनि क्वारेन्टिनमा राखिसकिएको डिएसपीले हमालले जानकारी दिए । पोखरामा हालसम्म १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये जसमध्ये ९० जना निको भई घर फर्किसकेका छन् ।
स्याङ्जामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि समुदायस्तरमा पनि छिरेको थियो । प्रहरीको सम्पर्कमा आएका थुनुवामार्फत ८ जनामा मंगलबारमात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।
‘कुनै पनि बाह्य ट्राभल हिस्ट्री नभएका सुरक्षाकर्मीमा कोरोना भेटिएको छ । अब हामी सजग हुने बेला भएको छ,’ डिएसपी हमालले भने, ‘बाह्य सम्पर्क धेरै नभएकाले अहिले उनीसँग सम्पर्कमा आएकाको स्वाब परीक्षण गर्दैछौं ।’
जिल्ला प्रहरी कास्कीले पोखरा महानगर र जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा बुधबारबाटै सुरक्षाकर्मीको स्वाब संकलन सुरु गरेको छ । बुधबार पहिलो चरणमा १ सय ११ जना प्रहरीको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको डिएसपी हमालले जानकारी दिए ।
गण्डकीमा बुधबारमात्रै १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा हालसम्म १ हजार ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ३५४ जना निको भई घर फर्किसकेका छन् । गण्डकीमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->