सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जब रक्षकनै दानव निस्के…

जब रक्षकनै दानव निस्के…

बहानबाजी गर्दै किशोरीको घर पुगेका सापकोटाले घरमा कोही नभएको मौका पारेर करणी गरेका हुन्


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०७७, बिहिबार

बागलुङ, २२ साउन– साँझको पाँच बज्नै आँटेको थियो । आमा मेला गएकी, घरमा एक्लै थिईन् १९ वर्षिया युवती । सधैं घरका हरेक समस्यामा सघाउने गरेका एक पुरुष केवल तार र इन्टरनेटको बहाना गर्दै घरमा आए । सधैं आउने र गाह्रो साह्रोमा सहयोग गर्ने भएकाले राम्रै सोचेर उनले केही प्रतिकार गरिनन् । अझै एउटै कक्षामा पढ्ने साथीका बाबु । साथीको बाबु भएकाले उनले आफ्नै बाबु सरिको व्यवहार गर्थिन् । जब घरभित्र उनी पसे तब थाहा भयो हिजोअस्तीका सहयोगी छिमेकीको दानवीय रुप ।
बागलुङ नगरपालिका वडा नं. ५ मालिकाका ४० वर्षिया भरत सापकोटाले देखाएको व्यवहार हो यो । सापकोटाले छिमेकी १९ वर्षिया किशोरीलाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बहानबाजी गर्दै किशोरीको घर पुगेका सापकोटाले घरमा कोही नभएको मौका पारेर करणी गरेका हुन् । घटना साउन १६ गतेको भएपनि पीडित प्रहरीमा भने साउनको २० गते मात्रै पुगेका थिए । सामाजिक बहिस्कारको त्रासले पीडित युवतीले घटनाको विषयमा नबताएपछि घटना बाहिर आउन समय लागेको प्रहरीले जनाएको छ ।
‘टोलाइरहने, नबोल्ने र रोईरहने गरेकी थिई’ परिवारका एक सदस्यले भने ‘लामो समय के भयो भनेर सोधियो नभनेपछि दिदीलाई बोलाउन भनी, बिहे भैसकेकी दिदीलाई बोलाएर सोध्न लगाउँदा बल्ल घटना खुल्यो ।’ पीडित युवतीको घर एकान्तमा रहेको र वरपर चिच्याउँदासमेत सुन्न सक्ने ठाउँमा घरहरु छैनन् ।
सापकोटाविरुद्ध जर्बजस्ती करणी कसुरमा मुद्धा दर्ता भएको छ । ‘हामीले म्याद थपेर काम थालिसक्यौं, दश दिनको म्याद अदालतले दिएको छ’ प्रहरी निरीक्षक हेम केसीले भने ‘घटनाका अन्य प्रमाणहरु जुटाउनेदेखि युवतीको स्वास्थ्य जाँचको काम भैरहेको छ ।’ प्रहरीले लिएको प्रारम्भिक बयानमा सापकोटाले कसुर स्विकार गरेका छैनन् । पीडित युवतीका बुबा रोजगारीको शिलशिलामा विदेश छन् । घरमा कोही नभएकाले सापकोटाले मेलापातलगायत घरायसी समस्यामा समेत सघाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->