सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

उपचारको लागि सहयोगको अपिल

उपचारको लागि सहयोगको अपिल


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०७७, शुक्रबार

बागलुङ, २३ साउन– घाँटीमा मासु पलाएर खानपीन र स्वासप्रस्वासमा समस्या भएका एक युवाले उपचारको लागि सहयोगको अपिल गरेका छन् । बागलुङको ढोरपाटन नगरपालिका–९ का ३७ वर्षिया प्रेम बहादुर बिकले घाँटीको उपचार गर्न आर्थिक समस्या भएको भन्दै सहयोगको अपिल गरेका हुन् । गाउँघरमा ज्यालादारीको काम गर्ने बिक निम्न वर्गिय परिवारका सदस्य हुन् ।
सानैदेखि घाँटीमा पलाएको मासु केहि महिना यता बढ्दै जाँदा सास फेर्न र खाना निल्नसमेत समस्या भैरहेको उनको भनाई छ । बच्चादेखिनै देखिएको मासु पलाएको भन्दै परिवारले बेवास्ता गरेका थिए । पछिल्लो समय दुखाई बढ्ने र मासुको आकारसमेत बढ्दै जान थालेपछि उपचारको खोजी गरिएको हो । पोखरास्थित गण्डकी मेडिकल कलेजले घाँटीको मासुको अप्रेसन गर्नुपर्ने भन्दै उनलार्य विर अस्पताल काठमाण्डौमा रिफर गरेको थियो ।
विर अस्पतालले अप्रेशनको निम्ति करिब ५ लाख बराबरको धरौटी राख्नुपर्ने भनेको छ । ‘समयमा उपचार नगरे क्यान्सर पनि हुनसक्छ भन्नुभएको छ’ डाक्टरको सल्लाह सम्झिँदै बिकले भने ‘पैसा धेरै लाग्दोरहेछ, मजदुरी गरेर छाक टार्ने मैले यतिका पैसा कहाँबाट ल्याउनु ।’ धरौटी रकम जम्मा गर्न नसकेपछि बिक घर फर्किएका छन् । बिकको उपचार खर्च जुटाउनका लागि स्थानीय युवाहरुले ‘प्रेम बचाउ अभियान’ सन्चालनमा ल्याई आर्थिक संकलन थालेको अभियान्ता बोम बहादुर बिकले जानकारी दिए । उनका स–साना छोराछोरी छन् ।
समस्यामा परेका बिकलाई सहयोग गर्न अभियानले अपिल गरेको छ । सहयोग गर्न इच्छुकले सहयोयको निम्ति बुर्तिबाङमा रहेको गरिमा विकास बैंकको खाता नम्बर ०२६०१९००७१८३४३०००१ मा रकम जम्मा गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->