शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा समुदायको संकेत बुझ्न दुई सय स्वाव संकलन

बागलुङमा समुदायको संकेत बुझ्न दुई सय स्वाव संकलन

पिसिआरको दायरा बढाउँदै बागलुङ नगरपालिका


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०७७, शनिबार

बागलुङ, २४ साउन– कोरोना संक्रमणको जोखिम बढेको भन्दै बागलुङ नगरपालिकाले दुई सय जनाको एकैपटक पिसिआर गर्ने तयारी गरेको छ । शनिबारदेखि स्वाब संकलन अभियान थालिएको छ । आइतबारसम्म २ सय जनाको स्वाब संकलन गरेपछि परीक्षण गरिने छ । केही दिनअघि आइसोलेसनमा कार्यरत नर्समा कोरोना पुष्टी भएको थियो ।
शनिबार अस्पतालको भवन निर्माणका लागि महोत्तरीबाट आएका १३ जना मजदुरमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । उनीहरुको संक्रमणका कारण समुदाय तहमा पनि फैलिएको संभावना छ भन्दै परीक्षणको दायरा बढाउन लागिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
स्वास्थ्यकर्मीहरुले नजिकैका होटल तथा रेष्टुरेन्टमा चिया–खाना खाने गरेको, उनीहरुको सम्पर्कमा घरपरिवारका सदस्य पनि हुनसक्ने भन्दै परीक्षण थालिएको हो । यसरी परीक्षण गर्दा होटल, रेष्टुरेन्ट, सामाजिक अभियान्तालाई रेन्डम विधिले परीक्षण थालिएको हो । उनीहरुमा संक्रमण देखिएमा सम्पर्कमा आएकाहरुबाट थप परीक्षण बढाइने बताइएको छ ।
जिल्लामा समुदाय स्तरमा पनि संक्रमण फैलिएको भन्दै परीक्षणको दायरा बढाउनुपर्ने माग पनि बढेको छ । नगरपालिकाभित्र गरिने परीक्षणले यसको संकेत गर्ने र त्यसपछि परीक्षण बढाएर जान सकिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
ग्रामीण क्षेत्रमा पनि बाहिरी क्षेत्रबाट आउने क्रम बढेको छ । कतिपयले थाहै नदिई गाउँघरमा पुगेकोले संक्रमण फैलन नदिन परीक्षण गर्नुपर्ने आवाज उठाएका थिए । केही मानिस भने सुटुक्क आएर घरमा लुक्ने गरेको समेत भेटिएको थियो । बजारमा किनमेलका लागि निस्कन थालेपछि मात्रै उनीहरु आएको पत्ता लागेपछि परीक्षणको दायरा बढाउने दबाव परेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->