सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अनुमति बिना भित्रन्छन् बागलुङमा कुखुरा

अनुमति बिना भित्रन्छन् बागलुङमा कुखुरा

मरेका कुखरा समेत भित्रिने गरेको स्थानीयको गुनासो


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०७७, सोमबार

बागलुङ, २६ साउन– सोमबार बिहान बागलुङ बजारको गौडाकोट नजिकै कुखुरा काट्ने स्थानमा मरेका पनि काटिएको एक उपभोक्ताले देखेपछि नगरपालिकामा खवर गरे ।
तराईबाट ल्याएका ब्रोइलर कुखुरा मरेका पनि थिए । जिउँदो छाडेर मरेका काट्ने क्रममा उनले प्रहरीमा पनि खवर गरेपछि तत्काल प्रहरी पुगेर गाडि बरामद ग¥यो । त्यतिबेला सम्म धेरै कुखुरा झारिसकेको र केही मात्र बाँकी थियो । जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र रेग्मीका अनुसार गाडिमा १७ वटा मृत कुखुरा भेटिएको थियो ।
लालीगुराँस चोकमा मासु पसल गर्दै आएका ग्रिन शाहले ती कुखुरा ल्याएको खुलेको छ । गाडि प्रहरी नियन्त्रणमा परेपछि नगरपालिकाले उपभोक्ता मंच समेतको सहभागितामा छलफल गर्दा अनुमति बिना ल्याउन गरेको खुलेको सूचना अधिकारी युक्तप्रसाद सुवेदीले बताए । ‘संक्रामक रोग लागिरहेको बेला खतरा हुन्छ, सकेसम्म नल्याउनु भनेका थियौं’ सुवेदीले भने, ‘अनुमति नलिइकन कुखुरा ल्याउने गरेकोले कारवाही प्रकृया थाल्नैपर्ने देखियो ।’ कस्तोखालको कारवाही हुने भन्ने उनले खुलाएनन् । मरेका कुखुरा बेच्ने काम गलत भएको भन्दै बेचे नबेचेको भने खोजी भैरहेको उनले बताए ।
व्यवसायीले भने मरेका कुखुरा बंगुर फार्ममा दिने गरेको बताए । उनले जिउँदो कुखुरा मात्र काटेर बेच्ने गरेको भन्दै मरेका कुखुराको पैसा तिर्नु नपर्ने भएकोले बंगुर पालकलाई पठाउने गरेको उनले जानकारी दिए । मरेको वा सडेगलेको मासु उपभोक्ताले पनि खान नहुने मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । उनले सरसफाई, खान योग्य मासु बेच्नका लागि आग्रह गर्ने, नियमित बजार अनुगमनको काम गर्ने भैरहेपनि कोरोना संक्रमणको बेला लुकाइछिपाई ल्याउने काम रोक्न सुझाव दिएको पनि उनले बताए । पटक पटक घटना दोहोरिएको खण्डमा कडा कारवाही गर्ने भन्दै तत्काल मरेका नबेच्न र अन्य सरसफाइका तौर तरिका अपनाउन सुझाव दिइएको बताइएको छ ।
उद्योग बाणिज्य संघका एक पदाधिकारीले कुनैपनि बस्तु अनुमति लिने, अनुमति अनुसार आए नआएको परीक्षण गर्ने र गुणस्तर मापनको काममा प्रशासन र नगरपालिका नलागेको टिप्पणी गरे । राम्रो अनुगमन मूल्यांकन भएमा धेरै सामाग्रीमा शुद्धता आउने समेत बताए । उनले अबैध सामाग्री आउन रोकिएमा व्यवसायमा पनि स्वच्छ प्रतिष्पर्धा हुने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->