बागलुङ, २७ साउन– कोरोना संक्रमणको समस्याले च्यापेपछि नेपाल सहित विश्वका सबै देशमा आर्थिक समस्या भएको छ । उक्त समस्याले च्पापेपछि साउदी अरबमा काम गरेका नेपाली युवाहरुपनि समस्यामा परेका छन् । बागलुङ नगरपालिका वडा नंं १३ का भूपति जैसी पनि यो समस्याबाट ग्रसित भएका छन् ।
कोरोनाको संक्रमणले कंपनीको काम ठप्प भएपछि जैसी सहितको ८ जना युवा भोकै परेपछि नेपाल सरकार र स्वीजरल्याण सरकारको संयुक्त लगानीमा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तर्गत भीमा पोखरा युवा क्लबले संचालन गरेको सुरक्षित आप्रबासन कार्यक्रम मार्फत सहयोग जुटाइएको छ । आप्रबासी नेपाली समाज मार्फत पिडितलाई खाद्यान्न सहयोग गरिएको परियोजनाका नविन शिसिर बिकले बताए । साउदी अरबको एक सप्लायर्स कंपनीमा काम गरेका जैसीका साथी हेमराज सिउठानी लागयत ८ युवा भोकभोकै परेका थिए ।
गत फागुनदेखि काम बिहिन भएर बस्नुपर्दा उनीहरु पछिल्लो एक महिनादेखि भोकभोकै परेका थिए । कंपनीले बस्ने कोठा मात्र दिएको थियो । खाने व्यवस्था आँफै गर्नु पथ्र्यो । १७ महिना अघि गएका उनीहरुले एक बर्षपनि पुरा काम गर्न पाएनन् । घरमा ऋण काढेर गएका जैसीको परिवार यता मजदुरी गर्दैछ । उनी काम बिहिन भएर बिदेशी भूमिमा छन् । घरमा श्रीमती सरिता सहित दुइ छोराछोरी र बृद्द बाबु छन् । ‘काम नपाएपछि भोकभोकै परेका छौं, सहयोगी भए खाने व्यवस्थापन गरिदिनुप¥यो’ जैसीले भने, ‘सुरुवातका दिनमा खाना पाएपनि अहिले नगद नभएसम्म पाइन छाड्यो ।’ बिदेश पठाइदिने मेनपावर कंपनीमा सम्पर्क गर्दापनि वेवास्ता भएको उनले बताए ।
सामाजिक संजालमा पठाएको सन्देशपछि प्रवासी नेपाली समन्वय समितिको पहलमा सहयोग जुटाउन थालेको छ । ‘फर्केकालाई नेपालमा सहयोग गरिन्छ, बिदेशमै भएकालाई समाज मार्फत सहयोग पु¥याउने गरिएको छ’ बिकले भने, ‘पहिलो चरणमा ८ जनालाइ कम्तिमा एक महिना पुग्ने खाद्यान्न जुटाइएको छ, उक्त सामाग्री सहयोग हस्तान्तरण गरियो ।’ बैदेशिक रोजगारीमा गएका, लकडाउनको कारण रोजगारी गुमाएर फर्केका र बिदेशमै बिभिन्न घटनामा परेकाहरुको खोजी र उद्दारमा परियोजनाले काम गरिरहेको हो ।
रोजगारीमा समस्या परेर फर्केका ८ सय ५० जनालाई परियोजनाले मनोसामाजिक बिमर्श मार्फत स्थानीय तहमा स्वरोजगार मूलक कार्यक्रम दिन थालिएको समेत उनले जानकारी दिए । उनीहरु भने अझै एक बर्षको भिसा बाँकी भएकोले लकडाउन खुलेपछि काम गर्ने सुरमा बसेका थिए । लकडाउनपछि बागलुङका १७ जनालाई समिति मार्फत दुताबासको सम्पर्कमा लगेर घर पठाइएको उनले बताए । फर्केका मध्ये ७ जनालाई कानूनी अधिकारकालागि मुद्दा समेत लडिदिएको छ । जैसी सहितको टोलीले पनि निशुल्क भिसा पाउनुपर्नेमा डेढलाख तिरेर गएका थिए । सदरमुकामको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकामा क्लब मार्फत ‘सुरक्षित आप्रबासन परियोजना’ चलाइएको हो । पिडितलाई खाद्यान्न सहयोग गरिएको परियोजनाका नविन शिसिर बिकले बताए । साउदी अरबको एक सप्लायर्स कंपनीमा काम गरेका जैसीका साथी हेमराज सिउठानी लागयत ८ युवा भोकभोकै परेका थिए ।





