सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फोहोर संकलन गर्ने मदजुरलाई राहत वितरण

फोहोर संकलन गर्ने मदजुरलाई राहत वितरण


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०७७, बिहिबार

बागलुङ, २९ साउन– पुस्तकालयको क्षेत्रमा काम गर्दै आएको रिड नेपाल र बागलुङको विद्यामन्दिर पुस्तकालयले मालढुंगास्थित कालीगण्डकी नदी किनारमा काम गर्ने मजदुरलाई राहत वितरण गरेको छ ।
बागलुङ नगरपालिका वडा नं. १ को खुदुर्केमा फोहोर संकलनको काम गर्ने, बालुवा उत्खनन् तथा दैनिक मजदुरी गरेर मात्र ज्यान पाल्नु परेकाहरुलाई राहत दिइएको हो । रिड नेपालले पठाइदिएको २५ हजार रुपैयाँमा पुस्तकालयले १० हजार थपेपछि २० परिवारलाई राहत वितरण भएको पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले बताए ।
राहत वितरण गर्दा वास्तविक पीडितको हातमा नपुगेको गुनानो नआउने गरी मालढुंगामा पुगेर वितरण गरिएको समेत उनले जानकारी दिए । हरेक परिवारका लागि २५ केजीको १ बोरा चामल, दाल, नून, तेल, चिउरा र साबुनसमेत वितरण गरिएको हो ।
राहत वितरण गर्दै बागलुङ नगरपालिका वडा नं. ३ का अध्यक्ष लक्ष्मी बास्कोटाले राहतको नाउँमा हुने बेथितीविरुद्ध पुस्तकालयले वास्तविक समस्यामा परेकालाई वितरण गरेकोमा प्रशंसा गरिन् । उनले कोरोना संकटले साउनदेखि बढी समस्या सिर्जना गरिरहेको भन्दै अझै भदौ र असोजमा आइपर्ने संकटविरुद्ध लड्न तयार बन्नुपर्ने बताइन् ।
पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता, सचिव रामचन्द्र शर्माको संचालन र उपाध्यक्ष राम थापा ‘अविरल’को संचालनमा सम्पन्न कार्यक्रममा साहित्यकार काजी रोशनलगायतले मन्तव्य व्यक्त गरेका थिए । रिड नेपालले नेपालका २८ वटा पुस्तकालयमा २५ हजारको दरले सहयोग गरेको थियो । उक्त छनौटमा विद्यामन्दिरको सहकार्यमा मालढुंगामा पनि राहत वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->