सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

धारोमा धमिलो पानी आएपछि उपभोक्ता आक्रोसित

धारोमा धमिलो पानी आएपछि उपभोक्ता आक्रोसित


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०७७, बिहिबार

बागलुङ, २० साउन– बागलुङ बजारमा वितरण भएको खानेपानीमा हिलो मात्रै आउन थालेपछि उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय गुहारेका छन् । धमिलो पानी आएपछि खानेपानीका ट्यांकी र भाँडाकुँडा समेत फोहोर भएको भन्दै उपभोक्ताहरु आक्रोसित थिए ।
बिहिबार प्रमुख जिल्ला अधिकारीकोमा उपभोक्ताले डेलिगेसन गएर स्वच्छ खानेपानी खान पाउनुपर्ने माग गरे । साथै, उनीहरुले वितरणका लागि जिम्मा लिएर बसेको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता समिति गैरजिम्मेवार भएको आरोप पनि लगाए ।
असार महिनाभर पानी वितरण नभएको, साउन लागेपछि पनि पटकपटक हिलो पानी मात्रै वितरण भएको, कहिले नालीको पानी मिसाएको र कहिले किरा भेटिएको घटनाले आम उपभोक्ताको स्वास्थ्यमा गम्भिर खेलवाड भएकोप्रति ध्यानाकर्षण गराएको अधिकारकर्मी राम शर्माले बताए । ‘जनताको जीउधनप्रति चासो नराख्ने, स्वास्थ्यमा खेलवाड गर्ने काम भैरहेकोप्रति ध्यानाकर्षण गरायौं’ शर्माले भने, ‘प्रमुख जिल्ला अधिकारीले चासो व्यक्त गर्नुभएको छ ।’
प्रजिअ सुरेश न्यौपानेले संस्थाका पदाधिकारीलाई बोलाएर स्पष्ट हुने र स्वच्छ पानी वितरणमा पहल गर्ने आश्वासन दिएका छन् । उनले आँफै पनि धमिलो पानी आएकोप्रति जानकार भएको पनि बताए ।
पटक–पटक खानोपानीको समस्याबारे प्रश्न उठेपनि संस्थाले भने गैरजिम्मेवारीपना देखाइरहेको छ । बागलुङ नगरपालिकाले समेत चासो राखेको खानेपानीमा कर्मचारीतन्त्र हावी भएको, उपभोक्ता समितिले शुद्धपानी दिने आयोजनाहरु बनाउन नसकेको र बनाउन लागेको पनि गलत स्टिमेट गर्दा पहिरोको जोखिममा परेको बताइएको छ । आयोजनाको म्याद थपेर पनि बनेको छैन । तर, संस्थाले आयोजना सम्पन्न भैसकेको कागजातमा हस्ताक्षर गरेर विभागमा पठाइसकेको समेत बुझिएको सहभागीले बताए । डेलिगेसनमा विभिन्न क्षेत्रका उपभोक्ताहरु सहभागि थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->