बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भानुमा २० जनालाई कोरोना, बन्दीपुरका तीन वडा सिल

भानुमा २० जनालाई कोरोना, बन्दीपुरका तीन वडा सिल

नगरक्षेत्रमा निषेधाज्ञा नै जारी गर्ने तयारी भएको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए ।


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०७७, शुक्रबार

तनहुँ, ३० साउन – जिल्लाको भानु नगरपालिका – १ मा शुक्रबार एकैदिन समुदायस्तरमा २० जनालाई कोरोना संक्रमणको पुष्टी भएको छ । गत सोमबार संक्रमित ३४ बर्षिय निर्माण व्यवसायीको सम्पर्कमा आएका १४ जना पुरुष र ६ जना महिलामा संक्रमण देखएको हो । २७, ४९, ३९, २८, ५२, २२, ४०, ३४, ४३, ३७, ५०, ४०, २८, ३५ वर्षीय पुरुष र ५, ३१, २८, ३०, ५६ र ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
दुई जना प्रहरी र एक जना कर्मचारीलाई संक्रमण पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द« भट्टराईले जानकारी दिए । उनका अनुसार मासु पसल र वर्कसप सञ्चालकलाई पनि संक्रमण देखिएको छ । उनीहरुलाई जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आईसोलेसनमा लैजाने तयारी भएको उनले बताए । ‘यस्ले गर्दा स्थिती भयावह भएको छ । उनीहरुको सम्पर्कमा आएकाको कन्ट्याक ट्रेसिङ गर्दैछौँ’, भट्टराईले भने । नगरक्षेत्रमा निषेधाज्ञा नै जारी गर्ने तयारी भएको उनले बताए । गएको सोमबारदेखी एक हप्ताको लागी लकडाउन गरिएको छ ।
मंगलबार कन्ट्याक्ट ट्रेसिङबाट १ सय २२ जनाको पिसीआर परीक्षण गरिएको थियो । तीमध्ये शुक्रबार ८५ जनाको मात्र रिपोर्ट आएको हो । बाँकी रिपोर्ट पनि आजै आउने जनाईएको छ । क्षयरोग उपाचार केन्द्र पोखरामा उनीहरुको स्वाब परिक्षण गरिएको हो । स्वाब सङ्कलनको क्रममै १५÷२० जनालाई रुघाखोकी र ज्वरोको लक्षण देखिएको थियो ।
तनहुँमा पछिल्लो साता समुदायस्तरमा भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र देवघाट गाउँपालिकामा एक÷एक जनालाई समुदायस्तरमा संक्रमण देखिएको थियो ।
यसैबिच, भानु नगरपालिका–१ का २० जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले तीन वडा सिल गरेको छ । वडा नम्बर १, ४ र ५ का राजमार्ग क्षेत्र पूर्ण रुपमा सिल गर्ने निर्णय भएको अध्यक्ष पुर्णसिंह थापाले जानकारी दिए । थापाका अनुसार बजार क्षेत्रका सबै व्यापार, व्यवसाय, वित्तीय संस्था एक हप्ताका लागि बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->