
फाईल फोटो
बागलुङ, ३१ साउन – बागलुङको निसीखोला गाउँपालिका-५ मा बर्षा पछि आएको पहिरोले घर पुरीदा दुई बालकको मृत्यु भएको छ । भने एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा १४ बर्षिया विरेन्द्र विक र ६ बर्षिया प्रबेश बिक रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सोही पहिरोमा परि ५३ बर्षिया दिलसरा बिक गम्भिर घाईते भएकि छन् । उनलाई उपचारका लागि बुर्तिबाङ ल्याईएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । सोही घरमा रहेका अन्य तिनजानको भने शकुशल उद्धार गरिएको उनले बताए । राति २ बजेको समयमा आएको पहिरोले हिरा बहादुर बिकको घर पुरेको हो । मृतक दुई मध्ये एक जना उनका छोरा र ६ बर्षिया प्रबेश छोरीका छोरा हुन् । मामाघरमा बस्न आएका प्रबेश शुक्रबार साँझ मामा सँग छुट्टै कोठामा सुतेका थिए । घरमाथीबाट आएको पहिरोले घर बगाएको छ ।





