सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङमा भेटिएको वेवारीसे शव होटल व्यवसायी भट्टराईको

बागलुङमा भेटिएको वेवारीसे शव होटल व्यवसायी भट्टराईको


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०७७, शनिबार

बागलुङ, ३१ साउन – केहीदिन पहिला बागलुङ नगरपालिका–४ ढोँडेनीघाटमा वेवारीसे अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । तीन साता देखि हराई रहेका बागलुङका होटल व्यवसायी रामचन्द्र भट्टराईको शव भएको प्रहरीले जनाएको छ । भट्टराईका पत्नि र भाईले उनको शवको पहिचान गरेका हुन् । शुक्रबार परिवारका सदस्य पुगेर शवको पहिचान गरेपछि कानूनी प्रकृया थालेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।
२० वर्ष अघिदेखि बागलुङमा होटल व्यवसाय सञ्चालन गर्दै आएका ४४ वर्षीय भट्टराई जानकारी बिनै घरबाट निस्केपछि बेपत्ता थिए । भट्टराईले बागलुङमा गौरी शंकर होटल एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । पुख्र्यौली घर सोलुखुम्बु भएपनि उनी बागलुङकै भनेर परिचित थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->