बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रदेशसभाको दोस्रो दिनको बैठक पनि स्थगित

प्रदेशसभाको दोस्रो दिनको बैठक पनि स्थगित


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०७७, मंगलबार

पोखरा, २ भदौ– गण्डकी प्रदेशसभाको दोस्रो दिनको बैठक पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकार संवेदनशिल नभएको भन्दै आइतबारको बैठक पनि अवरुद्ध गरेको थियो ।
सोमबारको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गरे लगत्तै प्रमुख प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । कोरोना महामारिका कारण लामो समयसम्म संसद चल्न नसक्ने भन्दै सभामुख अधिकारीले पटकपटक बैठक सुचारु गर्न सहयोग गर्नको लागि अनुरोध गरेका थिए ।
प्रतिपक्षले उठाएको माग संसदसँग सम्बन्धित नै नभएको र केही प्रक्रिया संसदबाट सर्वसम्मत ढंगले पारित भइसकेको हुँदा छिटै संसद अन्त्य गर्नुपर्ने बाध्यता बुझेर सांसदहरुलाई बैठक सुरु हुन दिनका लागि आग्रह गरेका थिए । सभामुख अधिकारीले पटकपटक संसद सुचारु गर्नको लागि बस्न आग्रह गर्दासमेत सांसदहरुले नमानेपछि सभामुख अधिकारीले बैठक स्थगित भएको घोषणा गरेका थिए । प्रदेशसभाको अर्को बैठक भदौ ९ गते दिनको १ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->