बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

स्तम्भकार भण्डारी काउन्सिलको कार्यवाहक अध्यक्षमा मनोनित

स्तम्भकार भण्डारी काउन्सिलको कार्यवाहक अध्यक्षमा मनोनित


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०७७, मंगलबार

फाइल तस्विर

पोखरा, २ भदौ – सरकारले पोखराका क्रियाशिल पत्रकार दुर्गा भण्डारीलाई प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा मनोनित गरेको छ । सोमवार साँझ वसेको मन्त्रीपरिषदको बैठकले भण्डारीलाई काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।
उनी ढोरपाटन दैनिककी नियमित स्तम्भकार हुन् । भण्डारी केही दिन अगाडि मात्रै काउन्सिलको सदस्यमा मनोनित भएकी थिइन । सरकारले केही समय पहिले काउन्सिलको नियमावली संशोधन गरिएको थियो । सोही नियमावली अनुसार भण्डारीलाई एक बर्षका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको एक मन्त्रीले जानकारी दिए ।
पत्रकार तथा कानुन व्यवसायी समेत रहेकी भण्डारी काउन्सिलको अध्यक्ष पदमा पुग्ने पहिलो महिला हुन् । नेपाल पत्रकार महासंघको केन्दिय सदस्य र प्रेस चौतारी नेपालको केन्द्रिय सचिव समेत भैसकेकी भण्डारी सफल कानुन व्यवसायीका रुपमा परिचित छिन् ।
ढोरपाटन दैनिक र ढोरपाटन न्युज डटकममा आवद्ध भण्डारीले महिला अधिकार, मानव अधिकार, कानुनी शासन र समसामयिक विषयमा कलम चलाउँछिन् । पोखरा कार्यक्षेत्रमा रहँदा जिम्मेवारी प्राप्त भएपछि भण्डारी मंगलवार विहानै काठमाडौं गएकी छिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->