सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कास्कीमा मंगलबार राती १२ बजेदेखि निषेधाज्ञा जारी हुँदै

कास्कीमा मंगलबार राती १२ बजेदेखि निषेधाज्ञा जारी हुँदै

बागलुङमा लकडाउन गर्न नगरपालिकाको सिफारीस


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०७७, मंगलबार

पोखरा, २ भदौ– कास्कीमा मंगलबार राति १२ बजेदेखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला संकट व्यवस्थापन समिती कास्कीको मंगलबार बिहान बसेको बैठकले यो निर्णय लिएको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कास्कीमा मंगलबार रातीदेखि निषेधाज्ञा जारी गरिने पुष्टि गरे । यसअघि पोखरा महानगरमा बसेको सर्वदलीय समितिको बैठकले निषेधाज्ञा जारी गर्न सुझाएपछि महानगरले प्रदेश सरकार कहाँ निषेधाज्ञा जारी गर्नको लागि सिफारिस पेश गरेको थियो । सोमबारदेखि लागू हुने गरि पोखरामा जारी हुने भनिभएको निषेधाज्ञा प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले सारेको थियो । बैठकले पोखरामा मात्र नभई सिंगो गण्डकी मा नै आवश्यकता अनुसार निषेधाज्ञा जारी गर्न सकिने निर्णय लिएको थियो ।
प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार निषेधाज्ञा जारी भई सकेपछि अत्यावश्यक बाहेकका काममा निस्किन मनाही गरिएको छ । निषेधाज्ञामा खाद्यान्न ढुवानी गर्ने सवारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र कुटनीतिक नियोगका अत्यावश्यक सवारी भने गुड्न पाउने छन् ।
आवश्यकताअनुसार प्रदेश नै निषेधज्ञा जारी गर्न सकिने निर्णय भए पनि औपचारिक निर्णय भने नभई सकेको प्रदेश संकट व्यवस्थापन केन्द्रका एक सदस्यले जानकारी दिए ।
यता समुदायमा संक्रमण फैलिँदै जानथालेपछि बागलुङ नगरपालिकाले भदौ १० गते सम्मका लागि लकडाउन गर्ने प्रस्ताव गरेको छ । मंगलवार बिहान बसेको बिपत् व्यवस्थापन समितिको बैठकले जोखिम बढेको भन्दै आगामि भदौ १० सम्म लकडाउन घोषणा गर्न जिल्ला बिपत व्यवस्थापन समितिलाई सिफारीस गरेको हो । स्वास्थ्यकर्मिमा कोरोना संक्रमण देखिएपछि उनिहरुको कन्ट्रयाक ट्रेसिङ गर्दा बागलुङमा समुदायमा कोरोना फैलिएको पुष्टि भएको थियो । बैठकले क्वारेन्टाईन व्यवस्थापन थप मजबुद बनाउने, आईसोलेसन बिस्तारमा पहल गर्ने र कोरोना संक्रमण रोकथामका लागि जनचेतना मुलक कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->