काठमाण्डौ, ३ भदौ– पछिल्लो २४ घण्टामा ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । देशमा कोरोना संक्रमणको कुल संख्या पुगेको छ भने ११ हजार १ सय १८ सक्रिय संक्रमितको संख्या रहेको छ । त्यस्तै विगत २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । यो सहित हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले २४ घण्टामा ११ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण गरिएको उल्लेख गरे ।





