बागलुङ, ३ भदौ– बागलुङका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिकामा एकै परिवारका ६ जनासहित वडिगाड गाउँपालिकामा १ जना र जैमिनी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका–३ का एउटै परीवारका ६ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि सोही परिवारकी एक महिलामा संक्रमण देखिएपछि उनीहरु कन्ट्रयाक ट्रेसिङ गर्दा संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । बागलुङमा एकै परिवारमा यतिधेरै संक्रमित देखापरेको यो पहिलो घटना हो । वडिगाड गाउँपालिकामा संक्रमण पुष्टि भएका एक जनासमेत क्वारेन्टाईन बाहिरै रहेका नागरिक हुन् । संक्रमितहरुलाई आईसोलेसन लैजाने तयारी भैरहेको छ ।





