शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वडिगाडमा अर्का जनप्रतिनिधिमा कोरोना संक्रमण

वडिगाडमा अर्का जनप्रतिनिधिमा कोरोना संक्रमण


  • ढोरपाटन संवाददाता
  • भाद्र ३ २०७७, बुधबार

बागलुङ, ३ भदौ– जिल्लाको वडिगाड गाउँपालिकामा बुधबार देखिएका संक्रमित पुरुष जनप्रतिनिधि रहेको पुष्टि भएको छ । एक साता पहिले संक्रमण पुष्टि भएका वडा नं. ६ का वडाअध्यक्ष मौसमकाजी क्षेत्रीका कन्ट्रयाक ट्रेसिङमा परेका वडा नं. ७ का जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी वडा नं. ६ का अध्यक्षमा कोरोना देखिएपछि होम क्वारेन्टाईनमा बस्दै आएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आईसोलेसन लैजाने तयारी भैरहेको छ । वडा नं. ६ का अध्यक्षको कन्ट्रयाक ट्रेसिङमा परेका एक सय जना मध्ये ४५ जनाको रिपोर्ट नेगेटिभ आएको छभने बाँकी ५४ जनाको रिपोर्ट आउन बाँकी रहेको वडिगाड गाउँपालिकाले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएका धौलागिरी अस्पतालका स्वास्थ्यकर्मि (एचए) देव प्रकाश घिमिरेका परिवारको रिपोट नेगेटिभ आएको बागलुङ नगरपालिकाको स्वास्थ्यशाखाले जनाएको छ । उनिहरुसँगै कन्ट्रयाक ट्रेसिङमा परेका केहीको नतिजा नेगेटिभ आएको र केहीको आउन बाँकी रहेको शाखाले जनाएको छ । । जिल्लामा बुधवार बेलुकी सम्म सक्रिय संक्रमितको संख्या ३० जना पुगेको छ । जिल्लामा कुल संक्रमित २ सय ७९ जना पुगेको छ । ती मध्ये २ सय ४६ जना निको भएर घर फर्केको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->