बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बजारमा निषेधाज्ञा, गाउँमा छैन्

बजारमा निषेधाज्ञा, गाउँमा छैन्

‘समुदायस्तरमा संक्रमण फैलन नदिनलाई स्थानीय तहको माग अनुसार निषेधाज्ञा जारी भएको हो’


  • ढोरपाटन संवाददाता
  • भाद्र ४ २०७७, बिहिबार

निषेधाज्ञाको पहिलो दिन विहीबार सुनसान बनेको दुलेगौँडा बजार । तस्वीर : ढोरपाटन 

दुलेगौँडा (तनहुँ), ४ साउन – तनहुँका तीन स्थानीय तहमा बुधबार राती १२ बजेदेखी एक हप्तालाई निषेधाज्ञा जारी भएको छ । सुमदायस्तरमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलन नदिन जिल्लाको भिमाद नगरपालिकाको सबै क्षेत्र, शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर २ देखी ९ सम्म र देवघाट गाउँपालिकाको वडा नम्बर ५ मा निषेधाज्ञा जारी भएको हो ।
शुक्लागण्डकी नगरपालिकामा १२ वडा मध्ये ग्रामिण भेगका चार वडामा निषेधाज्ञा जारी गरिएन् । जनघनत्व बढी भएका राजमार्गसंग जोडिएका वडामा सवारीसाधनको आउजाउ बढी हुँदा संक्रमणको जोखिम भएकाले निषेधाज्ञा गरिएको नगरप्रवक्ता खिमबहादुर कुमालले बताए ।
देवघाटको पनि पाँच वडा मध्ये सुमदायस्तरमा कोरोना देखिएको वडा नम्बर ५ बाहेक अन्त खुला नै छ । निषेधाज्ञा गरिएको वडा देवघाट केन्द्र हो । बढी चहलपहल हुने स्थानमा पर्दछ । यही वडामा प्रसिद्ध धार्मिकस्थल देवघाट पर्दछ । भिमाद नगरपालिकामा भने समुदायस्तरमा संक्रमित भेटिएका छैन् । तरपनि शुक्लागण्डकीका संक्रमित त्यहाँको बजार क्षेत्रमा आउजाउ गरेको पाइएकाले जोखिम न्यूनिकरणका सबै क्षेत्रमा निषेधाज्ञा गरिएको हो ।
‘समुदायस्तरमा संक्रमण फैलन नदिनलाई स्थानिय तहको माग अनुसार निषेधाज्ञा जारी भएको हो’, प्रमुख जिल्ला अधिकारी सागार आचार्यले भने । गाउँमा जोखिम कम भएकाले निषेधाज्ञा नगरिएको उनको भनाई छ । ‘बजारको तुलनामा त्यतिसारो आवगमन हुदैँन गाउँघरमा । चहलपहल कम नै हुन्छ । तसर्थ निषेधाज्ञा नगरिएको हो’ आचार्यले भने । खुला रहेका स्थानमा जोखिम बढेर स्थानिय तहले सिफारीस गरेमा तुरुन्तै निषेधाज्ञा लागू गर्ने उनले बताए ।
निषेधाज्ञाको पहिलो दिन विहीबार शुक्लागण्डकीको दुलेगौँडा, खैरेनीटार बजार भिमादको भिमाद बजार र देवघाट क्षेत्र सुनसान छ । यस्तै यसअघि नै निषेधाज्ञा जारी भएको व्यास नगरपालिका र भानु नगरपालिका पनि चकमन्न छ । पाँच स्थानिय तहमा गरिएको निषेधाज्ञाको प्रभाव अरु स्थानिय तहका शहरी क्षेत्रमा पनि देखिएको छ ।बजार र राजमार्ग क्षेत्रमा सर्वसाधरण त्यतिसारो हिँडेका छैनन् ।तनहुँको पाँच स्थानिय तहमा निषेधाज्ञा लागु भएपछि सुनसान पृथ्वीराजमार्ग । तस्वीर : ढोरपाटन 
अत्यावश्यक बाहेकका सवारी साधनब सडकमा हुँईकिएका छैन्न । राजमार्गमा गुडेका सवारीसाधनलाई कडाईको साथ चेकजाँच गरेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले बताए । ‘राजमार्ग नै सुनसान छ । अत्यावश्क बाहेकका सवारी चलेका छैनन्’, उनले भने । निषेधाज्ञा कार्यन्वयनमा जिल्लाबासीको सहयोग मिलेको उनले बताए । ‘निषेधाज्ञा लागु भएपछि जोखिम बढ्यो भनेर नागरिक स्वास्थ्यप्रति सचेत बनेको पाइयो’, पौडेलले भने ।
यसअघि गत सोमबादेखी भानु नगरपालिकामा दुई साता र व्यास नगरपालिकामा एक साता लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको थियो । दश स्थानिय तह रहेका तनहुँका पाँच स्थानिय तहमा निषेधाज्ञा जारी भएपछि अन्य स्थानिय तहमा पनि उच्च सर्तकता अपनाईएको छ ।
घिरिङ गाउँपालिकाले बुधबारदेखी एक हप्ता र र म्याग्दे गाउँपालिकाले विहीबारदेखी भदौ १२ गतेसम्मका लागी लकडाउन गरेका छन् । यस्तै आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकाले पनि छिमेकी पालिकामा समुदायस्तरमा संक्रमण फैलिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् ।
ऋषिङ गाउँपालिकाले पनि मंगलबारदेखी अर्को सुचना जारी नभएरसम्मका लागी अति आवश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाईएको प्रमुख प्रशासकिय अधिकृत चण्डकीका पोखरेलले बताए । ‘बजार आउजाउ गर्दा जोखिम बढ्ने भयो । त्यसैले सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएका छौँ’, उनले भने । हाल गाउँपालिकामा संक्रमण नदेखिएकाले लकडाउन गर्ने अवस्था भने नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->