बागलुङ, ४ भदौ – खेलकुद र सामाजिक विकासमा योगदान पुराएका विकास खड्का सुन्दर सम्मानित भएका छन् । जिल्लाको सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटले संस्थाका पूर्वउपाध्यक्ष तथा जापान शाखाका सल्लाहकार विकास खड्का सुन्दरलाई सम्मान गरेको हो । संस्थामा रहेर लामो समय खड्काले खेलकुद र सामाजिक विकासको क्षेत्रमा पु¥याएको योगदानलाई कदर गर्दै सम्मान गरिएको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले वताए । कार्यक्रममा संस्थाले सामाजिक क्षेत्रमा विगतदेखि खेल्दै आएको भुमिका र आगामी दिनमा सामाजिक विकासका गतिविधिलाई के कसरी अगाडि बढाउन सकिन्छ भनेर सामाजिक उत्तरदायित्व र रूपान्तरणका विषयमा अन्तरक्रिया गरिएको थियो ।
संस्थाले जापान शाखासँगको सहकार्यलाई थप प्रभावकारी बनाउने, सामाजिक विकासका काममा अगाडि बढ्ने लगायतका विषयमा परामर्श गरेको थियो । खड्काले संस्थाको कार्य समितिमा रहेर खेलकुद, शिक्षा, समाज रुपान्तरणमा अतुलनिय योगदान पुराएकोले सम्मान गरिएको हो । सम्मानपछि बोल्दै खड्काले सम्मानले आफुलाई सामाजिक गतिविधिमा लाग्न थप प्रेरणा जगाएको भन्दै आफु र संस्था बिच सदैव सहकार्य राख्ने प्रतिवद्धता व्यक्त गरे । सम्मान कार्यक्रमको अवसर पारी खड्काले संस्थालाई खेलकुद सामग्रीहरू पनि हस्तान्तरण गरे ।
कार्यक्रममा संस्थाका सल्लाहकार समिति संयोजक तथा गलकोट नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष सुवेदार टिका वहादुर थापा, वरिष्ठ लोक तथा दोहोरी गायक विष्णु खत्री, संस्थाका पुर्व अध्यक्ष तथा वडा सदस्य लोक वहादुर थापा, संस्थाका पूर्व अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष दल बहादुर थापा, पुर्व अध्यक्ष रामचन्द्र गौतम, उपाध्यक्ष जिवन साहानी, सिरबारे प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल दर्जी लगायतले आफ्ना धारणा राखेका थिए । सम्मान तथा अन्तरकृया कार्यक्रम कोषाध्यक्ष सन्त भण्डारीको स्वागत मन्तव्य र सचिव सावित्री थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।





