सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नन्दकलीलाई उपचारको लागि साढे ३ लाख बढी सहयोग

नन्दकलीलाई उपचारको लागि साढे ३ लाख बढी सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०७७, सोमबार

बागलुङ, ८ भदौ– बागलुङ नगरपालिका वडा नं. ५ की नन्दकली सापकोटालाई मालिका समाज बागलुङ जापानले आर्थिक सहयोग गरेको छ । वडाले स्थापना गरेको राहत कोषमा समाजबाट संकलित रकम ‘सेरेब्रल एन्यूरिज्म कोइलिंग’ नामक रोगबाट ग्रसित सापकोटालाई उपचारको हस्तान्तरण गरिएको हो ।
उपचार खर्च महंगो पर्ने र पारिवारिको आर्थिक अवस्था कमजोर रहेकोले मालिका समाज बागलुङ जापानले संकलन गरेको ३ लाख ५७ हजार ५ सय रुपैयाँ सोमबार नन्दकलीको घरमा आयोजित एक कार्यक्रममा वडा अध्यक्ष शिवप्रसाद सापकोटाले रकम हस्तान्तरण गरेका हुन् ।
एक मानवलाई दुःख पर्दा अर्काेले सहयोग गर्नुनै मानवियता भएको भन्दै मालिका समाज बागलुङ जापानले गरेको सहयोगको प्रशंसा गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापती फुल प्रसाद सापकोटको परिवारले पनि २५ हजार सहयोग गरेको छ । सभापती सापकोटाका बुबा धनपत सापकोटाले परिवारलाई रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा स्थानीय जयभद्र सापकोटाले परिवारको अवस्था एवं अहिलेसम्म गरिएको उपचारबारे जानकारी गराएका थिए । वडाध्यक्ष सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगर कार्यपालिका सदस्य कालिका सापकोटले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->