शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा थप चार जना कोरोना संक्रमित थपिए

गण्डकीमा थप चार जना कोरोना संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०७७, मंगलबार

बागलुङ, ९ भदौ– मंगलबार बिहान गण्डकी प्रदेशमा थप चार जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा नं. १३ का दुई जना पुरुष, वडा नं. २८ का एक पुरुष र वडा नं. २९ का एक महिला गरी चार जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
कोरोना पुष्टि भएका वडा नं. १३ का दुई जना भारतबाट आई क्वारेन्टाइनमा बस्दै आएका हुन् । अन्य दुई जना कन्ट्रयाक टे«सिङको आधारमा पहिचान भएका हुन् । उनीहरुमध्ये एक जना पत्रकार रहेको बताईएको छ ।
सबै संक्रमित व्यक्तिलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ । मंगलबार थपिएका ४ जनासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८ सय ९५ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १६ सय ३९ रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->