आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीमा पत्रकारसहित १७ जनामा सङ्क्रमण पुष्टि

गण्डकीमा पत्रकारसहित १७ जनामा सङ्क्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०७७, मंगलबार

पर्वत, ९ भदौ– गण्डकी प्रदेशमा आज बिहान थप १७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै गण्डकीमा सङ्क्रमितको सङ्ख्या १९ सय ८ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माद्वारा जारी गरिएको दोस्रो विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको स्वाब परीक्षणमा कास्की र तनहुँका १३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
उनीहरू कास्कीको पोखरा महानगरपालिका ४ का २ जना पुरुष, वडा नं. ५ का २ जना महिला, वडा नं. ७ का १ जना पुरुष, वडा नं. १० की १ जना महिला र वडा नं. १४ की एक जना महिला हुन । यस्तै तनहुँको भानु नगरपालिका १ का २ जना पुरुष तथा ४ जना महिलामा पनि संक्रमणको पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नं. ४ का दुवै जना सङ्क्रमितहरू सुरक्षाकर्मी रहेको र वडा नं. १० का पुरुष दुबईबाट फर्किएका व्यक्ति रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । बाँकी रहेका १० जना भने कनट्र्याक्ट ट्रेसिङको क्रममा सङ्क्रमणको पुष्टि भएकाहरू हुन् ।
निर्देशनालयले आज जारी गरेको पहिलो विज्ञप्तिमा ४ जनामा सङ्क्रमण रहेको पुष्टि गरिएको थियो । उनीहरू पोखरा महानगरपालिका १३ का २ जना पुरुष, वडा नं. २८ का १ जना पुरुष र वडा नं. २९ की १ जना महिला हुन । यसैबीच, कास्कीको पोखरामा कोरोना समुदाय स्तरमा फैलिएको हुन सक्ने भन्दै भदौ ३ गतेदेखि निषेधाज्ञा लागू गरिएको छ । सङ्क्रमण समुदायमा गएको कुरालाई पोखरामा पहिलो पटक पत्रकारमा पनि सङ्क्रमण फेला पर्नुले पुष्टि गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. २८ का ३४ वर्षीय ती पत्रकार स्थानीय एम.एम र पत्रिकामा कार्यरत रहेका र कोरोना सम्बन्धी रिपोर्टिङमा सक्रिय रहँदै आएको पाइएको छ । उनमा कोरोना सम्बन्धी कुनै पनि लक्षणहरू देखा नपरेको र कनट्र्याक्ट ट्रेसिङको पुष्टि भएको नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताउनुभएको छ । महामारीको समयमा एफएममा आवासीय रूपमा बसेर काम गर्दै आएका उनलाई आज नै आइसोलेसनमा लगिएको छ । उनी कार्यरत वडा नं. २७ मा रहेको एफएम भएकै भवनमा राखिएको बैङ्कको सुरक्षा गार्डमा एक साताअघि कोरोना पोजेटिभ देखिएको थियो । सोही आधारमा नै ती पत्रकार कनट्र्याक्ट ट्रेसिङमा परेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->