बागलुङ, ११ भदौ– बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिका–३ हाडेपाखाको परिवारमा संक्रमण देखा परेपछि कन्ट्रयाक ट्रेसिङमा परेका र बानपाकै गुठीमा लमजुङबाट आएका नेपाली सेनाका जवानमा संक्रमण देखिए पछि ट्रेसिङमा परेकाहरुमा संक्रमण पुष्टि भएको हो । प्रदेश क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा १ बर्षकी बालिका देखि ३४ बर्ष उमेर समुहका संक्रमित छन् । बागलुङ नगरपालिका–३ का बालिका सहित ३ जना महिला, बागलुङ नगरपालिका–१० का एक पुरुष, बानपा ६ का एक पुरुष, नेपाली सेनाको व्यारेकका एक जना जवान, बानपा–१ रामरेखाका एक पुरुष र काठेखोला गाउँपालिका–८ का एक पुरुषमा संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । उनिहरु सबैलाई आईसोलेसन लैजाने तयारी भैरहेको छ ।





