शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीका पाँच जिल्लामा २५ संक्रमित थपिए

गण्डकीका पाँच जिल्लामा २५ संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७७, बिहिबार

बागलुङ, ११ भदौ– गण्डकी प्रदेशका पाँच जिल्लामा बिहिबार बिहान २५ जना कोरोना संक्रमित थपिएका छन् । बागलुङ, पर्वत, लमजुङ, नवलपुर र तनहुँमा नयाँ संक्रमित फेला परेका हुन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ४ का दुई जना वडा नं. ६ का दुई जना र वडा नं. ७ का तीन जना पुरुषमा संक्रमण देखिएको छभने वडा नं. ७ कै एक महिला संक्रमित हुन् । भानु नगरपालिकाका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै बागलुङको बागलुङ नगरपालिका–३ मा एक बालिका सहित बालिका सहित ३ जना महिला, बागलुङ नगरपालिका–१० का एक पुरुष, बानपा ६ का एक पुरुष, , बानपा–१ रामरेखाका दुई पुरुष र काठेखोला गाउँपालिका–८ का एक पुरुषमा संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । पर्वतको जलजला गाउँपालिका–४ का एक पुरुष र नवलपुरको मध्येबिन्दु नगरपालिका–१० का दुई पुरुष र गैडाकोट नगरपालिका–५ का एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । संक्रमितहरु नेपाली सेनाका जवान देखि प्रहरी र कर्मचारी समेत रहेको निर्देशनालयले जनाएको छ । नवलपुरका तीन संक्रमितको परीक्षण भने चितवन मेडिकल कलेजको प्रयोगशालामा भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->