शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

यी हुन बागलुङका आठ जना संक्रमित

यी हुन बागलुङका आठ जना संक्रमित

ठेगाना गलत हुँदा समुदायमा सन्त्रास


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७७, बिहिबार

बागलुङ, ११ भदौ– विहिबार बागलुङमा देखिएका आठ जना संक्रमितको ठेगाना फरक फरक पाईएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तीमा बागलुङ नगरपालिकामा मात्रै आठ जना संक्रमित थपिएको उल्लेख भएपनि संक्रमितमध्ये दुई जना काठेखोला गाउँपालिका ठेगाना भएका व्यक्ति हुन् ।
काठेखोला गाउँपालिकाको कार्यालयमा कार्यरत एक प्राविधिक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । निर्देशनालयको विज्ञप्तीमा भने उनको ठेगाना बागलुङ नगरपालिका वडा नं. ६ उल्लेख गरिएको छ । उनी गत साउनमा व्यक्तिगत कामको शिलशिलामा काठमाण्डौ पुगी भदौ २ गते कार्यालय फर्किएका थिए । संक्रमण पुष्टि भएपछि गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत सम्पर्कमा रहेका सबै कर्मचारीलाई क्वारेन्टाईनमा राख्ने तयारी भैरहेको गाउँपालिका अध्यक्ष अमर थापाले बताए ।
त्यस्तै, काठेखोला गाउँपालिकाकै भीमसेन माविको क्वारेन्टाईनमा भारतबाट आएर बसेका एक जनामा पनि संक्रमण पुष्टि भएको छ । उनको पनि निर्देशनालयले जारी गरेको विज्ञप्तीमा ठेगाना बागलुङ नगरपालिका वडा नं. १ उल्लेख गरिएको छ । संक्रमितको ठेगाना फरक पर्दा समुदायमा त्रास फैलिने गरेको छ । विहिबार बागलुङ नगरपालिका वडा नं. ६ मा एक जनामा संक्रमण देखिएको भन्ने खबर बाहिरिँदा वडा अध्यक्ष खिमराज सापकोटाले सामाजिक सञ्जालमार्फत कुनैपनि संक्रमित वडामा नरहेको स्पष्टिकरण नै दिएका छन् ।
त्यस्तै, विहिबार बागलुङमा संक्रमण पुष्टि भएका एक जना प्रहरी जवान हुन् । उनी तालिमको लागि जिल्ला बाहिर गएर रामरेखास्थित क्वारेन्टाईनमा आएर बसेका थिए । प्रदेश सरकारअन्र्तगत विपत् व्यवस्थापन गुल्ममा कार्यरत उनमा संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिका–१० भकुण्डेका संक्रमित पुरुष केही दिन पहिला लमजुङबाट बागलुङ आएका नेपाली सेनामा कार्यरत जवानका साथी हुन् । उनमा संक्रमण पुष्टि भएपछि ती पुरुष सम्पर्कमा रहेको भन्दै जाँच गरिएको थियो ।
सेनाका जवानकै परिवारका दुई महिलामा पनि संक्रमण पुष्टि भएको छ । १ वर्षकी बालिका बागलुङ नगरपालिका–३ हाडेपाखाकी भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । उनकी आमामा केही दिन पहिला संक्रमण देखिएको थियो ।
बागलुङ नगरपालिका वडा नं. ८ का एक पुरुष भारतबाट आई बागलुङ बजारको एक होटलको क्वारेन्टाईनमा बसेका हुन् । उनी भारतिय सेनामा कार्यरत छन् ।
संक्रमितमध्ये बागलुङ नगरपालिका–३ गुठीका दुई दिदीबहिनी पनि हुन् । बुधबारसम्म बागलुङमा कोरोना संक्रमितको संख्या २ सय ९२ पुगेको छ । तीमध्ये २ सय ६० जना निको भएर घर फर्किएका छन्भने एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->