शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा थपिए १७ संक्रमित

गण्डकीमा थपिए १७ संक्रमित

संक्रमितको संख्या २ हजार २२ पुग्यो


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०७७, शुक्रबार

बागलुङ, १२ भदौ– गण्डकी प्रदेशमा शुक्रबार १७ नयाँ संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा चार जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएको हो । नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) बिनय त्रिवेणी गाउँपालिका- १ का चार जना महिला र वडा नं. २ का २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । देवचुली नगरपालिका १५ का एक जना महिला र १६ का एक जना पुरुषमा संक्रमण देखिएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका ४ मा एक जना महिला र बेशिसहर ८ मा एक पुरुष, कास्किको पोखरा महानगर पालिका ३० मा एक महिला र १७ का दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
तनहँुमा थप चार जना कोरोना संक्रमित थपिएका छन् । व्यास नगरपालिका–३ का ३१ र ३८ बर्षिय पुरुष, शुक्लागण्डकी नगरपालिका–१२ का २२ बर्षिय र वडा नम्बर ५ का ४२ बर्षिय पुरुषमा संक्रमण पुष्टी भएको छ । संक्रमित चारै जना कन्ट्याक ट्रेसिङमा परेका हुन् । योसंगै गण्डकीमा संक्रमितको संख्या दुई हजार २२ पुगेको छ । तीमध्ये एक हजार ६ सय ७२ जना उपचारपश्चात निको भएर घर फर्किएका छन् । प्रदेशभर कोरोनाकै कारण नौ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->