शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

महानगरमा मात्रै ११ संक्रमित, बैंकका कर्मचारीदेखि मजदुरमा संक्रमण

महानगरमा मात्रै ११ संक्रमित, बैंकका कर्मचारीदेखि मजदुरमा संक्रमण


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०७७, शुक्रबार

पोखरा, १२ भदौ – पोखरा महानगरपालिकामा मात्रै शुक्रबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पछिल्लो पटक ११ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार तेस्रो प्रेस बिज्ञप्ती जारी गर्दै गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले संक्रमितको बिबरण सार्वजनिक गरेको हो ।
संक्रमित हुनेहरुमा वडा नं. १६ का ३९ र १५ बर्षिया महिला तथा ३५ र ४९ बर्षिय पुरुष रहेका छन् । वडा नं. २ का २५ बर्षिय पुरुष, वडा नं.११ का ५६ बर्षिया महिला, वडा नं.१४ का ३५ र २७ बर्षिय पुरुष, वडा नं. ३ का २९ बर्षिय पुरुष, वडा नं. १ का १८ बर्षिय र ५ का ३३ बर्षिया पुरुष रहेको गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या दुई हजार ३३ पुगेको छभने मृत्यु हुनेको संख्या १० पुगेको छ ।
वडा नं. २ का संक्रमित कामना बिकास बैंक र ३ का संक्रमित एभरेष्ट बैंकमा कार्यरत कर्मचारी हुनभने वडा नं. १४ का संक्रमित इञ्जिनियर हुन् । त्यस्तै पोखरामा मोवाईल पसल गरेर बस्ने वडा नं. १ का संक्रमित हुन भने वडा नं. १४ का संक्रमित औधोगिक क्षेत्रमा काम गर्ने मजदुर हुन् । अरु सबै संक्रमितको सम्पर्कमा आएका व्यक्ति भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->