बागलुङ, १३ भदौ– गण्डकी प्रदेशमा शनिबार बिहान २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या दुई हजार ७७ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार शनिबार थपिएका सबैजना नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका र विनयत्रिवेणी गाउँपालिकाका हुन् । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट विनयत्रिवेणी गाउँपालिका वडा नम्बर ६ का ५७, २१, ५२, ३४, ४६, ५५ र ३१ वर्षका पुरुष तथा २७, ४४, ६४, ३७ र ५३ वर्ष उमेरका पाँच जना महिला रहेका छन् । यस्तै, वडा नम्बर ७ का २५ र २१ वर्ष उमेरका दुई महिला तथा ७, ५४, ४३, ४८, २१ र ४४ वर्ष उमेरका छजना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा गैँडाकोट नगरपालिका वडा नम्बर ६ का ५५ वर्षीय पुरुष र वडा नम्बर ८ की २५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता तथा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार उनीहरूलाई आइसोलेसनमा सार्ने तयारी भइरहेको छ । उनीहरू सबै कनट्र्याक्ट ट्रेसिङ गर्दा भेटिएका संक्रमितहरु हुन् ।





