बागलुङ, १३ साउन– गण्डकीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङको बेसिशहरमा कार्यरत ६ जना नेपाल प्रहरी र पोखरा महानगरपालिका–१० कि एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बसिशहरका २८, २०, २० ३३ र ३० बर्षिया पुरुष प्रहरी तथा ४० बर्षिया महिला प्रहरीमा संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकामा संक्रमण पुष्टि भएकी ३१ बर्षिया महिला मेघा बैंकको बगर शाखामा कार्यरत कर्मचारी हुन् । यो सँगै गण्डकीमा शनिवार मात्रै संक्रमण पुष्टि हुनेको संख्या २८ पुगेको छ । हालसम्म गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ९४ पुगेको छभने मृत्यु हुनेको संख्या १२ पुगेको छ ।





