मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

पक्राउ पर्ने त्रासले आत्महत्या

पक्राउ पर्ने त्रासले आत्महत्या


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०७७, शनिबार

बागलुङ, १३ भदौ– जंगलबाट ल्याएको जरिङ्गो साग छिमेकीलाई दिएर बिरामी पारेको भन्दै गाउँमा हल्ला फैलिएपछि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका एक एकल पुरुषले आत्माहत्या गरेका छन् ।
छिमेकीलाई जरिङ्गोको सागजस्तै हरियो तरकारी दिने रिजालचोक फुर्सेमाटोका ७८ वर्षिय रनबहादुर विकले शनिबार आत्महत्या गरेका हुन् । आँफैले दिएको सागले एकै परिवारका चार जना बिरामी परेपछि प्रहरीले पक्राउ गर्ने त्रासमा उनले आत्माहत्या गरेको प्रहरीको अनुमान छ ।
विकले दिएको साग खाएर बिहिबार बिहान रिजालचोकका ७१ वर्षिय देउरुपा कँडेल, उनकी बुहारी ३७ वर्षिय चिजा कँडेल, छोरा ३७ वर्षिय चुडामणी कँडेल र १७ वर्षिय नाती सन्तोष कँडेल बिरामी परेका थिए । उनीहरुको गण्डकी अस्पताल पोखरामा उपचार भैरहेको छ ।
‘बिरामी परेका शनिबार डिस्चार्जहुने कुरा छ, साग दिनेले यता आत्माहत्या गरे’ प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले भने ‘प्रहरीले पक्रिन्छ भन्ने हल्ला गाउँमा चलेको रहेछ, शुक्रबारदेखिनै उनी हराएको खबर पाएर हामीले खोज्दा घरभन्दा केही तल झुण्डिएको अवस्थामा फेला परे ।’
रेग्मीका अनुसार, विकले पनि सोही साग खाएका थिए । उनी एकल पुरुष हुन् । घरमा कोही नभएको र सागसँगै मदिरा तथा टिमुर खाएकाले उनलाई सागको कुनै असर परेको थिएन् । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान अनुसार, कँडेल परिवारले बिकसँग साग मागेर नै खाएका थिए । ‘गाउँमा चलेको हल्लाले उनलाई मानसिक रुपमा असर परेको हुन सक्छ’ रेग्मीले भने– ‘यसअघिका बिरामीहरुमा पनि मानसिक रुपमा असर देखिएको थियो ।’
विकको शव पोष्टमार्टमको लागि धौलागिरी अस्पताल बागलुङ पठाइएको छ । धौलागिरी अस्पतालका अनुसार, विषालु साग खाएकाहरुमा बेहोसी, मानसिक रुपमा अस्थिरता र मुटुको चाल पनि छिटो–छिटो हुनेजस्ता समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->