बागलुङ, १४ भदौ– बागलुङका एक स्वास्थ्य कर्मि सहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको बिज्ञप्ती अनुसार बागलुङको तमानखोला गाउँपालिका–२ को स्वास्थ्य संस्थामा काम गर्ने ३० बर्षिया महिला स्वास्थ्यकर्मि र सोही ठाउँकी २३ बर्षिया व्यापारी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरीएको परीक्षणमा तनहुँका २२ जनामा संक्रमण पुष्टि भएको छ । तनहुँको भानु नगरपालिका– ६ का ६९, ४०, २३, ४०, ५१, ४०, ६८, ३८ र ६२ बर्षिय पुरुष र वडा नं. ७ का ३२, ४६, ३६, ६०, ५६, ३६, ५५, ६०, २७ र ३८ बर्षिय पुरुष तथा सोही ठाउँका ८, ५४ र २५ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरु सबै संक्रमितको सम्पर्कमा आएको भएकाले जाँच गरिएको निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार १ सय २३ पुगेको छ ।





