शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

कसैको उपचारका क्रममा कसैको घरमै भयो मृत्यु


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०७७, आइतबार

काठमाण्डौ, १४ भदौ– कोरोना संक्रमणबाट विभिन्न जिल्लामा थप १३ जनाको मृत्यु भएको छ । ललितपुर र महोत्तरीका ३, पर्सामा २, रुपन्देही, भक्तपुर, सप्तरी, मोरङ र नवलपरासीका एक–एक जनाको मृत्यु भएको हो । भक्तपुरमा कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ । कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका भक्तपुर नगरपालिका–१ दुधपाटीका ६५ वर्षीय पुरुषको गएराति मृत्यु भएको सोही वडाका वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिए । मृतक मधुमेह र उच्च रक्तचापबाट पीडित थिए ।
भक्तपुरमा यसअघि कोरोनाबाट ६ जनाको मृत्यु भइसकेको छ । ​ललितपुरस्थित पाटन अस्पतालमा ललितपुर र भैरहवाका एक–एक जना पुरुष र महोत्तरीका एक महिला गरी ३ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो । भैरहवाका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको हो । यस्तै साउन २८ गते पाटन अस्पताल भर्ना भएका २९ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा गएराति १० बजे मृत्यु भएको भएको हो । त्यसअघि हिजो दिउँसो एक जना संक्रमितको मृत्यु भएको थियो । भदौ ९ गतेदेखि उपचार गराइरहेका महोत्तरीका ६२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ पर्सामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । रौतहटका ३० वर्षका पुरुषको वीरगन्जस्थित अस्थायी कोभिड अस्पताल हेल्थ केयरमा उपचारका क्रममा हिजो बेलुकी मृत्यु भएको हो । भदौ ११ गते नारायणी अस्पतालमा भर्ना भएका उनको त्यही दिन स्वाब संकलन गरिएको नारायणी अस्पतालले जनाएको छ । यस्तै पर्सास्थित गण्डक कोभिड विशेष अस्पतालमा आज बिहान रौतहटका थप एक जनाको मृत्यु भएको छ ।
भदौ १२ गते वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ४० वर्षीय उनलाई त्यहाँ संक्रमण पुष्टि भएपछि गण्डक कोभिड विशेष अस्पतालमा रिफर गरिएको थियो । सप्तरीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । राजविराज नगरपालिका वडा नम्बर दुई तेतरीगाछी की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । यस्तै चितवनमा थप एक जना कोरोना संकमित पुरूषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको शनिबार साँझ करीब ६ बजे मृत्यु भएको हो । यसै गरी मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा मोरङ पथरी शनिश्चरेका ६१ वर्षिय पुरुषको मृत्यु भएको हो ।
महोत्तरीमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुर अञ्चल अस्पतालमा दुई जनाको मृत्यु पछि कोरोना पुष्टि भएको हो । महोत्तरीको पिपरा गाउँपालिका–७ का ७० वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको जनकपुर अस्पतालका कोरोना फोकल पर्सन डाक्टर जामुन सिंहले जनाकारी दिए । यस्तै महोत्तरीकै भंगहा नगरपालिकाका ३५ बर्षीय युवकमा पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । भंगहा नगरपालिका वडा नंं १ निवासी युवकको शनिबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको सिंहको भनाइ छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->