काठमाण्डौ, १४ भदौ– पछिल्लो २४ घण्टामा देशभर हालसम्मकै धेरै अर्थात १ हजार २ सय २१ संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा आज आइतबार देशका सबै ठाउँबाट २ सय ६७ संक्रमित डिस्चार्जसमेत भएका जनाइएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज आइतबार देशभर १२ हजार ७ सय १७ जनाको पिसिआर गरिएको छ । त्यस्तै देशभर आज १७ हजार ५ सय १८ सक्रिय संक्रमित रहेका उनले बताए । आज काठमाडौंमा ३ सय ७२ भक्तपुरमा १२ र ललितपुरमा ४५ गरी उपत्यकामा ४ सय २९ संक्रमित थपिएका छन् । त्यस्तै देशभरका क्वारेन्टाइनमा हाल संक्रमित अझै रहेका उनले जनाए । साथै ७ हजार ७ सय ९७ जना अझै क्वारेन्टाइनमा रहेका उनले बताए । हालसम्म ५४ प्रतिशत कोरोना संक्रमित निको भएका छन् । हालसम्म देशभर संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । मृत्यु हुनेको संख्या २ सय ३१ पुगेको छ ।





